हर्षोल्लासपूर्वक हाेली पर्व मनाइँदै {फाेटाेफिचर}

प्रकाशित मिति : बुधबार, चैत्र ६, २०७५

दार्चुला । सदरमुकाम खलंगासहित जिल्लाभरी र सुदूरपश्चिमका गाउँबस्तीदेखी सहर बजारमा होली अर्थात फागु पूर्णिमा पर्वको रौनकता छाएको छ । फागु पुर्णीमा बुधबार भएपनि केहि दिन पहिलेदेखी नै बिभिन्न समुह बनाएर खेलीने होलीपर्बको लहर सबैतिर छाएको हो ।
कुनैकुनै क्षेत्रमा सोमबारदेखी नै होली खेल्न शुरु गरिएको थियो । भने अधिकासं गाउँ सहरमा मंगलबारदेखी होली भइरहेको छ । रङहरुको पर्ब होली पुर्णीमाको दिनसम्म धुमधामकासाथ खेलेर समाप्त हुनेछ । होली पर्बमा बिशेषगरी मादल र झ्यालीको तालमा कनैया होली कथा गाउँने, नाच्ने, गाउँने, एक आपसमा रंग दल्ने, लोला हान्ने लगायतका गतिबिधिहरु भइरहेका छन । जिल्लाको धेरैजसो बिद्यालयहरुले शिक्षक, अभिभाबक र बिद्यार्थीहरुको संलग्नतामा होली खेलिरहेका छन् । दार्चुला सदरमुकाम खलंगामा पत्रकार र कर्मचारी, राजनीतिक दलका नेताहरु लगायत मिलेर बिभिन्न समुहमा मंगलबार दिउँसोदेखी होली खेलिरहेका छन् ।
समुह बनाएर खेलिने होलीमा भेटी स्वरुप हजारौ रुपैँया जम्मा हुने गरेको छ । यसरी होली खेलेर संकलन भएको पैसाबाट भोज गर्ने र बचत भएको रकमले बिभिन्न सामाग्रीहरु खरीद गर्ने प्रचलन समेत पाइन्छ ।
यसैबिच गाउँघरमा बढ्दो आधुनिकताले होली पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली खेल्ने चलन पछिल्लो समय हट्दै गएको हो । मौलिक परम्परा र संस्कृतिभन्दा माथि उठेर भड्किलो पाराले होली मनाउने संस्कार गाउँमा भित्रिएको हो ।
गाउँमा मौलिक गीत गाएर नाचेर होली अर्थात् फागु खेल्नुको सट्टा वनभोज जाने र रमाउनेको जमात बढ्दै गएको छ । युवापुस्ताले संस्कार, संस्कृतिको महत्वभन्दा पनि रमाइलोका लागि मात्र होली पर्व मान्ने चलन बढ्दो छ ।
जिल्ला सदरमुकामदेखी गाउँ गाउँमा केहि समुह बाहेक धेरैले डिजेमा भड्कीला गीत संगित बजाएर रमाइलो गर्ने गरेका छन् । बिभिन्न कथामा आधारीत मौलीक होली आजभोलीका युवापुस्तालाइ नआउँने र आधुनिकतामा रमाउने प्रचलन बढ्दै गएको प्रति बुढापाखाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले भने सभ्य र मर्यादित भएर होली खेल्न सबैमा आग्रह गरेको छ । उत्तेजित भएर होली खेल्दा अप्रिर्य घट्नाहरु घट्नसक्ने भएकोले सौहार्दतापुर्ण वातावारणमा होली खेल्न आग्रह गरेको छ । कसैको इच्छ्या बिपरीत रङग दल्ने, लोला हान्ने र असभ्य ब्यवहार प्रदर्शन गर्ने काम नगर्न स्थानीय प्रशासनले सबैमा अनुरोध समेत गरेको छ ।