वोमेंस टि २० लिग’ को अक्सन

प्रकाशित मिति : आइतवार, चैत्र १७, २०७५
एन सी एल स्पोर्ट्स प्रा लि द्वारा बिराटनगरको बैजनाथ क्रिकेट मैदानमा आगामी बैसाख ७-१४ सम्म संचालन हुने ‘वोमेंस टि २० लिग’ को अक्सन काठ्माण्डौमा सम्पन्न भएको छ।
आज सम्पन्न अक्सनमा दर्ता भएका कुल ८० खेलाडिहरु मध्ये हरेक टिमले १३/१३ जना खेलाडिहरु खरिद गरेका छन्।  नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, टोलीकी सदस्य सिता रानामगर, नेरि थापा, करुणा भन्डारी चार अलग अलग टोलीको मार्की खेलाडीका रुपमा यसअघि नै अनुबन्ध गरिएको थियो।
क्रिकेट लिगमा ४ सहरका ४ फ्रेन्चाइज्ड टोलीकोहरुको सहभागिता रहनेछ । प्रतियोगिता विराटनगरको बैज्यनाथ क्रिकेट मैदानमा सञ्चालन हुनेछ ! सहभागी टोलीका मालिकहरु अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस) , अनिल भण्डारी (भैरहवा क्विन्स), बिमोचन उप्रेती  (धनगढी वन्डर वोमेन), रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन्।
प्रतियोगिता खेल्न दर्ता भएका खेलाडिहरुलाइ ग्रेड ए, बी र सी गरि तीन तहमा विभाजन गरिएको थियो । अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्युनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रुपैयाँ, बी ग्रेडका खेलाडीको न्युनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ, त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहनेको थियो !