अढाइ महिनादेखी अवरुद्ध कैचुँला टावर सुचारु

प्रकाशित मिति : मङ्लबार, चैत्र १९, २०७५

दार्चुला । व्यास गाउँपालिका वडा नम्बर ४ कैचुँलामा रहेको नेपाल टेलिकमको स्काई टावर अवरुद्ध भएको अढाइ महिनापछि सञ्चालनमा आएको छ । गत माघ पहिलो साता हिमपातका कारण उपकरणमा क्षती भएर अवरुद्ध भएको कैचुँला टावर साेमबार बेलुकी ५ बजेदेखी सुचारु भएको हो ।

माघ महिनाको पहिलो साता बर्षा र हिमपातका कारण कैचुँला टावरको तार, रेडियो स्टिटम र भवनमा क्षती भएपछि सञ्चारसेवा बन्द भएको थियो । समयमै उपकरण मर्मत तथा भवनको पुर्ननिर्माण नहुदा अढाइ महिनासम्म व्यासका स्थानीय सञ्चारबिहिन भएका थिए, व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले भन्नुभयो, उपकरण बाहिरबाट मगाउँनुपर्दा टावर मर्मतमा समय लागेको छ, निरन्तरको प्रयासपछि सञ्चार सुचारु भएपछि टेलिफोन र इन्टरनेट सेवा उपभोग गर्न पाउँने भन्दै स्थानीय खुसी भएका छन् ।

दार्चुला जिल्लाभरीमा दुई दर्जन स्थानमा नेपाल टेलिकमका टावरहरु भएपनि बिद्युतिकरण नहुनु र भगौलीक बिकटताका कारण जिल्लाबासीले सञ्चार सेवाबाट लामो समयसम्म सञ्चीत हुनुपर्ने बाध्यता कायमै रहेको छ ।

बालशिखरस्थित रिपिटर टावर र कैचुँला टावरमा सोमबार रेडियो उपकरण फेरेपछि ब्यासमा सञ्चार सुचारु भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो । शनिबारदेखी ३ दिनसम्मको निरन्तर प्रयासपछि सोमबार बेलुकीदेखी कैचुँला टावर सुचारु भएको उहाँले बताउँनुभयो ।

सोलारको भारमा सञ्चालित उक्त टावरमा कहिले सोलार चार्ज नभएर, कहिले उपकरणमा समस्या देखीएर त कहिले जीर्ण संरचना नै भत्किएर महिनौ सम्म सञ्चारबाट बञ्चीत हुनुपरेको छ, स्थानीय अखबर धामीले भन्नुभयो, बिज्ञान प्रबिधिको युगमा सबै तिरका जनताले इन्टरनेटको सुबिधा पाउदा व्यासबासीले भएको स्काइ टावरको टेलिफोन सुबिधा समेत नियमित उपभोग गर्न पाएका छैनौ । अहिलेपनि उपकरण मर्मत गरेर सञ्चार सेवा अवरुद्ध भएपनि भत्कीएको भवनको पुर्ननिर्माण भइसकेको छैन ।

क्षेत्रीय कार्यालयबाट जिर्ण भवन पुर्ननिर्माण गर्नकालागि ठेक्का सम्झौता भइसकेकोले छिट्टै भवनको मर्मत र छाना हाल्ने काम हुने टेलिकम दार्चुलाका प्रमुख गुरुङको भनाइ छ । यसअघि रेडियो सिस्टम बिग्रनुका साथै हिमपातका कारण भवन भत्किएर सोलार ब्याट्रीहरु पुरीएका थिए ।

दार्चुला जिल्लाभरीमा दुई दर्जन स्थानमा नेपाल टेलिकमका टावरहरु भएपनि बिद्युतिकरण नहुनु र भगौलीक बिकटताका कारण जिल्लाबासीले सञ्चार सेवाबाट लामो समयसम्म सञ्चीत हुनुपर्ने बाध्यता कायमै रहेको छ । ठेकेदारले बिद्युतिकरणकालागि ठेक्का भइसकेको काम समेत समयमै पुरा नगर्ने र नियामक निकायको बेवास्ताका कारण सञ्चार समस्या समाधान हुन सकेको छैन ।