पानीको ट्याङ्कीमा डुबेर धामीको मृत्यु

प्रकाशित मिति : मङ्लबार, चैत्र १९, २०७५

दार्चुला । दार्चुलामा पानी भर्दै गर्दा ट्याङ्की (नौँलो)मा डुबेर एक महिलाको मृत्यु भएको छ । निङल्यापातलमा रहेको पानी ट्याङ्की (इनार)बाट पानी भर्ने क्रममा लेकम गाउँपालिका वडा नम्बर २ कुणी कट्टया बस्ने मदन सिह धामीकी श्रिमती गौरा धामीको मृत्यु भएको हो ।
मंगलबार दिउँसो १ बजे घरबाट पानी भर्न निङ्ल्यापातल ट्याङ्कीमा गएकी धामीको पानी भर्दै गर्दा ट्याङ्कीमै डुबेर मृत्यु भएको लेकम ५ का स्थानीय हरिप्रसाद जोशीले जानकारी दिनुभयो । जीवन बचाउँन पिठ्युमा पानी बोक्दै आएकी धामीको पानी कै काल बनेर आयो, जोशीले समाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै भनेका छन्, कुणीमा खानेपानी समस्याका कारण वालवालिकाहरुको पठनपाठन प्रभाबित भएको छ, घण्टौ हिडेर पानी बोक्दा र रातीको समयमा समेत जाग्राम बसेर पानी कुर्दाका समस्या भनेर साध्य छैन् ।
तीनओटा बालबालिकाकी आमा समेत रहेकी अन्दाजी २६ बर्षीया धामीको निधनपछि कुणी शोकमा डुबेको छ ।
लेकम क्षेत्रको खानेपानी समस्या समाधान गर्नकालागि सरकार र सरोकारवालाहरुले ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ ।