लागूऔषधसहित दार्चुलाबाट चार जना पक्राउ

प्रकाशित मिति : मङ्लबार, चैत्र २६, २०७५

दार्चुला । लागूऔषधसहित दार्चुला सदरमुकामबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल दार्चुलाबाट खटिएको प्रहरी टोलीले महाकाली नगरपालिका वडा नम्बर ४ पुलघाटबाट ४ जनालाई पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ पर्नेमा दुहु गाँउपालिका वडा नम्बर ५ का अर्जुन बडाल, लोकेन्द्र बम, सुशिल कुँवर र महाकाली नगरपालिका वडा नम्बर ५ का तरुरी ऐरी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट १ सय १० ग्राम चरेस, एक बोतल कोरेक्स र तीन ओटा नाइट्रोभेट ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाइ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।