राष्ट्रपती रनिङ सिल्ड का दुई खेल सम्पन्न

प्रकाशित मिति : बुधबार, चैत्र २७, २०७५

मोहन चन्द, बैतडी । ‘स्वस्थ, सबल र समृद्ध डिलासैनी हाम्रो पहिचान, स्वास्थ्यको लागी खेलकुद हाम्रो अभियान’ भन्ने मुल नाराका साथ जिल्लाको डिलासैनी गाउपालिकामा प्रथम राष्ट्पती रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । खेल सुरु भएकै दिन भलिवलका दुई खेल सम्पन्न भएका छन् । गाउपालिका स्तरिय प्रतियोगितामा गाउपालिका भरिका दश ओटा माध्यमिक बिद्यालयहरुको सहभागीता रहेको छ ।
सिल्डमा भलिवल, कवडी, दौड, हाईजम्प, त्रिपलजम्प, सटफुट, ज्यवलिङ थ्रो, रिले दौडमा प्रतिशप्रधा गराइनेछ । प्रतियोगिताबाट छनौट गरि गाउँपालिकावाट जिल्ला स्तरिय सिल्डको लागि पठाईने गापाका शिक्षा तथा खेलकुद शाखा प्रमुख हरेन्द्र प्रसाद जोशीले वताउनु भयो । भलिवलका दुई खेलमा सिकेई मावि धामीगाउँलाई दुर्गा मावि सिमारले हराएको छ भने मण्डेस्वर मावि धावाला लाई सरस्वती मावि ननराले हराएको छ ।
कार्यक्रममा बोल्दै सघिंय सांसद दामोदर भण्डारीले खेलकुद क्षेत्रको बिकासको लागी आफु प्रतिबद्ध रहेको बताउनुभयो । युवाहरुको खेलकुदको क्षमता बिकासको लागी उक्त कार्यक्रमको आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रदेब जोशीको वताउनुभयो । सरकाले संचालन गरेका कार्यक्रम आफ्नो क्षेत्रमा लागु गर्न हरेक क्षेत्रमा पहल गरिने प्रदेस सभा सदस्य प्रेम प्रकास भटट्ले वताउनु भयो ।
डिलासैनी गाउपालिकाले यस अघि नै वडा नम्बर ३ को पङसेरामा गाउँपालिका स्तरिय खेल मैदान निर्माण गरि सकेको छ । अरु ठाउँमा पनि निर्माण गरिने डिलासैनी गाउँपालिका अध्यक्ष उकेन्द्र वोहराले वताउनुभयो । प्रतियोगिताको सघिंय सांसद दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा सुुदुरपश्चिम प्रदेशसभा सदस्य प्रेम प्रकाश भट्टको बिशिष्ट आतिथ्यतामा उदघाटन गरिएको थियो ।

साङकेतिकरुपमा फायल फाेटाे प्रयाेग गरिएकाे