चौलानीमा बगेर भण्डारीको मृत्यु

प्रकाशित मिति : शनिबार, चैत्र ३०, २०७५

दार्चुला । चौलानी नदीमा बगेर एक जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरका ४५ वर्षीय लक्ष्मण सिंह भण्डारी रहेका छन् ।
आज दिउँसो १ बजेतिर देउझाडी नजिक बैतडी र दार्चुलाको सीमा भएर बग्ने चौलानी नदीमा नुहाउने क्रममा भण्डारीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।
गोकुलेश्वरदेखी बगेका भण्डारीको सब बैतडीको डिलाशैनी गाउँपालिका ६ देउँझाडीबाट उद्धार गरिएको हो ।
मृतक भण्डारी सुस्त मनस्थितिको रहेको र नुहाउने क्रममा नदीमा बगेर मृत्यु भएको उहाँले बताउँनुभयो ।