पल शाह, प्रमोद खरेलकाे ‘झुमा झुमा’ सार्वजनिक (भिडियो)

प्रकाशित मिति : सोमवार, बैशाख ९, २०७६

काठमाडौं | गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ। प्रमोद खरेलको औपचारिक युट्युव च्यानलबाट झुमा २ शुक्रबार सार्वजनिक गरिएको हो। झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ।

गीतको म्युीजक भिडियोलाई चर्चित हाँस्य टेलिसिरियलका श्रृङ्खला भद्रगोलका निर्देशक एवम् कलाकार काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका छन्। हिमान्सु राइमाझीको शब्द तथा भिम विसीको संगीतमा रहेको गीतको भिडियोलाई शुभ्म भुजेलले कोरियोग्राफी गरेका छन्। सुप्रिम पराजुलिको सम्पादन तथा अर्जुन तिवारीको सिनेमेटोग्राफी रहेको भिडियोलाई दिक्षा क्रियसनले बजारमा ल्याएको हो।

भिडियाे हेर्नुहाेस्