कविता : म र पर्वत

प्रकाशित मिति : सोमवार, बैशाख ९, २०७६

गोबिन्द सिह डडाल (दुनु)
म बिहानीपख ओछ्यानबाट
उठ्ने बितिक्कै
दैलो खोलेर बाहिर हेर्छु
चिप्लो नाक जस्तै
पर्वत देख्छु,
म एकछिन शान्त भएर
उसको शरीरमा टल्किने
रातो सूर्य सङ्ग खेलेर
हात र मुख धुन्छु
फेरि उतै हेर्छु !

रातो सूर्य पहेलो रङ्गमा
मेरो शरीरमा छापिएको
पत्त्तै हुन्न,
म उठ्ने बेला
पर्वत पुगेको रहेछु
अहिले त पर्वतले
मलाइ हेरिरहेको होला ?
म उसको दर्शक र
ऊ मेरो दर्शक भैसकेछौ ।