राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी खलंगालाई, लटिनाथ उपबिजेता

प्रकाशित मिति : सोमवार, बैशाख ९, २०७६

दार्चुला। मार्मा गाउँपालिकाको लटिनाथमा सम्पन्न ११ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र नमुना मावि खलंगाले जितेको छ । बैशाख ५ गतेबाट शुरु भएको जिल्लास्तरीय रनिङ शिल्डको उपाधी लगातार तेस्रो पटक माबि खलंगाले जितेको हो । दश गोल्ड मेडलसहित माबि खलंगा प्रथम हुदा निकटतम प्रतिद्धन्दी लटिनाथ माबि रस्कोट पाचँ गोल्ड मेडलसहित द्धितिय स्थान प्राप्त गर्न सफल भएको छ ।
मावि खलंगाले नवौँ, दशौँ र एघारौ गरी तिन पटक शिल्ड जित्न सफल भएसंगै रनिङ सिल्ड खलंगाले हात पार्न सफल भएको माबि खलंगाका शिक्षक जयराज जोशीले बताउनुभयो । यसअघि जनहित मावि धुलीगडाले लगातार तिन पटक शिल्ड जितेको थियो ।
मार्मा गाउँपालिकाको लटिनाथमा भएको प्रतियोगितामा नौ वटै स्थानीय तहका विद्यालयहरुले सहभागिता जनाएका थिए । पहिलो पटक पालिकास्तरीय अन्तर माद्यमिक विद्यालयस्तरिय राष्ट्पति रनिङ शिल्ड सञ्चालन भएपछि जिल्लास्तरीय प्रतियोगिता भएको हो । अन्तर पालिकास्तरीय प्रतियोगितामा प्रथम द्धितीय भएका टिमले यो पटक जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाएका हुन् ।
प्रतियोगिता अन्तर्गत महिला पुरुष भलिवल, कवड्डी, एथलेटिक्सका खेलहरु, कराते समावेश गरिएका थिए । एथलेटिक्सअन्तर्गत एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, ८ सय मिटर, १५ सय मिटर र तीन हजार मिटर दौड भएका छन् । सबै खेलमा छात्र र छात्रा दुबैतर्फ प्रतिस्पर्धा भएको थियो । उफ्रिने र फ्याक्ने खेलअन्तर्गत हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो र सटफुट खेल भएका थिए ।

राष्ट्रपति रनिङ शील्डको उपाधि कब्जा जमाएपछि महेन्द्र माविको बजार र्याली
सदरमुकाम खलंगास्थित महेन्द्र माविले लगातार तिन पटक शिल्ड जित्दै राष्ट्रपति रनिङ शील्डको उपाधिमा कब्जा जमाएको छ । मार्मा गाउँपालिकाको लटिनाथमा सोमबार सम्पन्न ११ औं राष्ट्रपति रनिङ शील्ड जितेसँगै उपाधीमा कब्जा जमाएको हो ।
लगातार तिन पटक उपाधी जितेको खुसीयालीमा विद्यालयले ंमंगलबार बाजागाजासहित बजारमा र्याली निकालेको छ । मावि खलंगाले नवौं, दशौं र एघारौ राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको उपाधी जितेको हो ।
प्रतियोगितामा खलंगाले १० स्वर्ण, तीन रजत र एक कास्य पदकसहित उपाधि जितेको हो । यस्तै प्रतियोगिताको उपविजेता बनेको मार्मा गाउँपालिकाको लटिनाथ मावि रस्कोटले ५ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको छ । भने शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मावि गोकुले ३ स्वर्ण, ७ रजत र ९ कास्य पदकसहित तेस्रो बनेको छ ।
प्रतियोगिताको उपाधि विजेता विद्यालयलाई शील्ड, पदक, प्रमाणपत्रसहित नगद १२ हजार रुपैयाँ पुरस्कार दिइएको छ । उपविजेतालाई नौ हजार र तेस्रो स्थान हासिल गर्ने विद्यालयलाई सात हजार रुपैयाँ नगद पुरस्कार दिइएको छ ।
यसअघि दार्चुलाको नौगाड गाउँपालिकाको जनहित मावि धुलिगडाले छैठौं, सातौं र आठौं राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको उपाधि जित्दै शील्ड कब्जा गरेको थियो ।