एका बिहानै डडेल्धुरामा बस दुर्घटना, ७ जनाको मृत्यु, २० जना घाइते

प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६

डडेल्धुरामा आज विहान बस दुर्घटना भएको छ । दुर्घटनामा परि ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । २० जना घाइते भएका छन् ।

मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन।

धनगढीबाट बझाङका लागि छुटेको बस डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ साहुखर्क नजिकै दुर्घटना भएको बताइएको छ । आज बिहान पौने ५ बजेतिर ना ४ छ १८३१ नम्बरको बस दुर्घटना भएको हो ।