कञ्चनपुरमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु, २० घाईते

प्रकाशित मिति : शनिबार, बैशाख १४, २०७६

जन्ती पुगाएर बेलौरी गइरहेको से १ त २०६७ नम्बरको ट्याक्टरलाई सोही दिशा तर्फ गईरहेको टिप्परले ठक्कर दिँदा कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्।

बेलौरी नगरपालिकाका रामकुमारी रानाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेहरुको धनगढी स्थित सेती अञ्चल अस्पताल र अन्य विभिन्न अस्पतालमा उपचार भईरहेको छ।

महेन्द्रनगरबाट दार्चुला आउँदै गरेको यात्रुबहाक बस डोटीमा दुर्घटना हुँदा ६ जना घाइते

डोटीमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । महेन्द्रनगरबाट दार्चुला आउँदै गरेको ना ७ ख ३१२८ नम्बरको बस जोरायल गाउँपालिका–२ रुवसकाँडामा शुक्रबार बिहान १० बजेतिर दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घाइते मध्य दुई जनाको अवस्था चिन्ताजक रहेको छ । उनका अनुसार गाडि सडकको भित्तामा ठोक्किन गइ दुर्घटना भएको हो ।

दार्चुलाकी १५ वर्षीया मेनुका धामीको पद्मा अस्पताल अत्तरिया र दार्चुला नौगाड–४ का १६ सन्तोष ठगुन्नाको डडेल्धुरास्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए । अन्य घाइतेको समान्य उपचार पछि घर फर्किसकेका छन् । अन्य सबै यात्रु सकुशल छन् ।