आशा नाथ तीन दिनदेखी बेपत्ता

प्रकाशित मिति : शनिबार, बैशाख २१, २०७६

दार्चुला । चौलानी नदीमा बगेर बिहिबार साँझ बेपत्ता भएकी एक किशोरीको अहिलेसम्म पत्तो लागेको छैन् ।
बैतडी र दार्चुलाको सीमानामा पर्ने चौलानी नदीमा हाम फालेर बैतडीको डिलाशैनी गाउँपालिका ६ खरेलीकी १५ बर्षीया आशा नाथ बेपत्ता भएको तेश्रो दिन सम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
नदीमा हाम फालेर बेपत्ता भनिएकी नाथको मानसिक सन्तुलन ठिक नभएको र हाम फाल्नुको एकिन कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।
सेटिगाउँ मावि गोकुलेश्वरमा कक्षा १० मा अध्यनरत नाथको खोजि भइरहेको छ ।