दार्चुला : आफ्नै छोरीलाइ जिउँदै जलाउने आमाबुबा पक्राउ

प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६

दार्चुला । व्यास गाउँपालिका वडा नम्बर ५ चुकपानी बस्ने एक दम्पत्तीले आफ्ैन छोरीलाइ जिउँदै जलाएको आरोप लागेको छ । बुबा २४ बर्षीय नबिन बिष्ट र आमा शिला बिष्टले १० महिनाकी छोरी अनुश्का बिष्टलाइ जिउँदै जलाएको स्थानीयले बताएका छन् ।
बिष्ट दम्पत्तीले बिहिबार राती १० बजे घर बाट २०० मिटर टाढा रहेको सुकेको खर (गाज्यौ) को थुप्रो भित्र राखेर बाहिरबाट आगो लगाइ छोरीलाइ मारेको प्रहरीले जनाएको छ ।
छोरीको हत्या गरेर भाग्ने क्रममा स्थानीय व्याक्तिहरुले दुबै जनालाइ नियन्त्रणमा लिएर प्रहरीलाइ खबर गरेका थिए । अहिले दुबैजनालाइ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

यसैबिच मार्मा गाउँपालिका वडा नम्बर १ पाकु बस्ने बिरबल महराका २६ बर्षीय छोरा दलबहादुर महराले झुन्डिएर आत्महत्या गरेको आफन्तले बताएका छन् ।
गोठको दिवालमा भएको प्वालमा खेत जोत्ने जुवा अड्याएर प्लाष्टीकको डोरीले पासो लगाइ आत्महत्या गरेको प्रहरी निरीक्षक रबिन्द्र कठायतले जानकारी दिनुभयो ।
घट्नाबारे शुक्रबार बिहान आफन्तले टेलिफोन मार्फत जानकारी गराएपछि प्रहरी निरीक्षक सुरेश बिकको नेतृत्वमा प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको उहाँले बताउँनुभयो ।

-साङकेतिक तस्बिर