सरकार बिरुद्ध खबरदारी र पार्टी सुदृढीकरण गर्न राष्ट्रिय जागरण अभियान

प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६

दार्चुला । नेपाली काँग्रेसले ७७ ओटै जिल्लामा सुरू गरेको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ सरकारको खबरदारी र पार्टी सुदृढीकरणमा केन्द्रित हुने जनाइएको छ ।
नेपाल प्रेस युनियन दार्चुलाले बिपी प्रतिष्ठान खलंगा, दार्चुलामा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका लागि दार्चुला प्रतिनिधि तथा नेपाली काग्रेश केन्द्रिय सदस्य राजु खनालले सरकारले गरेका गलत कामको खबरदारी गर्दै जनतामा नयाँ आशा जगाउन देशभरी जागरण अभियान थालिएको बताउँनुभयो ।
राष्टि्य जागरण अभियानले कार्यकर्तामा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै राजनीतिक दलहरुप्रति जनतामा फैलिएको नैरास्यता कम हुने नेता खनालको भनाइ छ । नेपाल कम्प्युनिष्ट पार्टीको नेतृत्वमा वर्तमान सरकार बने यताका भ्रष्टाचार, अनियमितता र दमनसंग सम्बन्धीत गतिबिधि र समग्र बेथितिप्रति जनतालाई सुसूचित गराउन अभियानले सहयोग पुग्ने छ, नेता खनालले भन्नुभयो, अभियानमार्फत पार्टीको नीति, कार्यक्रमबारे समेत छलफल गरिने छ ।
जिल्लाका नौँ ओटै स्थानीय तहमा कार्यक्रम गरेर स्थानीय सरकारका गतिबिधि र जनताको भावना समेत अद्ययन गर्ने उहाँको भनाइ छ । मुलुकका सबै राजनीतिक परिवर्तनको नेतृत्व गरेको काग्रेसले नै मुलुकलाई सम्वृद्ध बनाउने कुरा जनतालाइ बुझाउँने अभियानको उदेश्य रहेको उहाँले जानकारी दिनुभयाे ।
कांग्रेसको राष्ट्रिय जागरण अभियान तीन चरणमा सञ्चालन हुने नेता खनालले बताउँनुभयो । बुधवारबाट अर्थात वैशाख २५ गतेदेखी सुरु भएको अभियानको पहिलो चरण प्रतेक जिल्लामा जेठ २५ गतेसम्म एक महिना चल्नेछ । त्यसपछि दोस्रो र तेस्रो चरणमा स्थानीय तह र वडासम्मका कार्यक्रम तय गरिने नेता खनालले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
नेपाली काग्रेसका जिल्ला सभापति ललितसिह बोहराले पार्टीका नेता कार्यकर्तासंगै भातृ संगठनलाई समेत परिचालन गरेर बिभिन्न कार्यक्रम गर्ने योजना रहेको बताउँनुभयो । स्थानीय देखी प्रदेश र संघिय सरकार तथा सरकार सञ्चालन गरिरहेका जनप्रतिनिधिहरुले गरेका गलत कामहरुको खबरदारी गर्न सञ्चारकर्मीहरुलाइ उहाँले आग्रह गर्नुभएको छ ।
नेपाल प्रेस युनियन दार्चुलाका उपाध्यक्ष सुन्दरसिह धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा केन्द्रिय सदस्य खनालसंगै, नेपाली काग्रेश जिल्ला कार्य समिति सभापति ललितसिंह बोहरा, प्रदेशसभा सदस्य नन्दा बम, जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, नेपाली कांग्रेस जिल्ला कार्य समिति सचिव हरकसिँह विष्ट लगायत जिल्ला तहका नेता, कार्यकर्ता र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।