डिएफओ पाण्डेको विदाई, चौधरी, चन्द र ढुगांनाको स्वागत

प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६

दार्चुला । जिल्ला बन डिभिजन कार्यालय दार्चुलाका डिभिजन बन अधिकृत (डिएफओ) हरिप्रसाद पाण्डेको शुक्रबार बिदाइ गरिएको छ । कर्मचारी मिलन केन्द्र दार्चुलाले औपचारीक कार्यक्रमको आयोजना गरि संघमा सरुवा भएका पाण्डेको बिदाइ र नबआगन्तुक अधिकारीहरुको स्वागत गरेको हो ।
झण्डै आठ महिना पहिले डिभिजन बन अधिकृतको जिम्मेवारी सहित दार्चुला आएका पाण्डेको संघमा समायोजन भएपछि केन्द्रीय कार्यालयमा सरुवा भएको हो । सरुवा भएर जानुभएका डिभिजन बन अधिकृत हरीप्रसाद पाण्डेले दार्चुला बस्दा सबै सरकारी कार्यालय प्रमुख र जिल्लाबासीको सहयोग पाएको भन्दै दार्चुला बसाइ निकै सुखद रहेको बताउँनुभयो ।
यसैबिच जिल्ला बाहिरबाट सरुवा भएर दार्चुला आउँनुभएका नबआगन्तुक डिभिजन बन अधिकृत प्रेम शंकर चौधरी, जिल्ला हुलाक अधिकृत दिलिप बहादुर चन्द र प्रहरी निरीक्षक नित्यानन्द ढुगांनाको स्वागत गरिएको छ । प्रमुख जिल्ला अधिकारी बिष्टले आउँने र जाने चारै जनालाइ टिका लगाएर स्वागत तथा बिदाइ गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको छ ।