अपिहिमालमा भेटियाे अनौठा दृश्यहरुले सजिएको गुफा (फोटोफिचर)

प्रकाशित मिति : शनिबार, जेष्ठ ४, २०७६

दार्चुला । दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिका वडा नम्बर ३ काटै मल्ली मर्फुल भन्ने स्थानमा प्राकृतिक, पौराणिक हिन्दु धर्म सङ्ग सम्बन्धित विभिन्न आकृतिका बस्तुहरु तथा अनौठा दृश्यहरुले सजिएको गुफा भेटिएको छ ।
उक्त गुफाको शनिबार स्थानीय सप्तरङ्गि युवा क्लबले गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयलाइ समेत सहभागि गराएर दृश्यावलोकन गरेका छन् ।
गुफाको अद्ययन, अनुसन्धानमा स्थानीय, प्रदेश र संघिय सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग रहेको सोभानसिह लोथ्यालले बताउनुभयो । तस्बिर : सोभानसिह लोथ्याल र खडक लोथ्यालकाे फेसबुकबाट हेर्नुहाेस्