राजेन्द्र राष्ट्रिय भलिबल टिमको प्रारम्भिक सूचिमा

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६

दार्चुला । लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीका भलिवल खेलाडी राजेन्द्र बिष्ट तेह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न छनोट हुने राष्ट्यि भलिबल टिमको प्रारम्भीक सुचिमा पर्न सफल भएका छन् ।
गत बैशाख महिनामा प्रदेश नम्बर ५ को नेपालगञ्जमा सम्पन्न आठौ राष्ट्यि खेलकुद प्रतियोगितामा नेपाल आर्मी अन्तरगत त्रिभुवन आर्मी क्लबबाट खेलेका बिष्ट उत्कृष्ट २५ खेलाडीको सुचिमा पर्न सफल भएका हुन् । उत्कृष्ट २५ मा परेका खेलाडीहरुको तीन महिने क्याम्प पश्चात राष्ट्यि टिमको अन्तिम टुगों लगाउने तयारी छ ।
प्रारम्भीक चरणमा छनोट भएका २५ खेलाडी मध्ये उत्कृष्ट १२ जना खेलाडी डिसेम्बर १ देखी १० तारिखसम्म सञ्चालन हुने सार्क खेलको राष्ट्यि टिममा पर्न सफल हुनेछन् । सार्क खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्यि भलिबल टोलीमा पर्ने विश्वासका साथ आफुले मेहनत गरिरहेका दार्चुला जिल्लाका उदयमान खेलाडी बिष्टले बताउँनुभयो ।
२०६८ सालमा नेपाल आर्मीमा जागिर शुरु गरेका बिष्ट एक बर्षको तालिम पश्चात क्लबमा छनोट भएका थिए । तीन बर्ष पहिले देखी त्रिभुवन आर्मी क्लबबाट राष्ट्यि खेलहरु समेत खेल्न थालेका बिष्टले पछिल्लो समय प्राप्त गरेको सफलता सुदूरपश्चिम प्रदेशकै गौरबको बिषय भएको खेलप्रेमी सुरेश श्रेष्ठको भनाइ छ ।