भिरबाट लडेर बालकको मृत्यु

प्रकाशित मिति : बिहिबार, जेष्ठ २३, २०७६

दार्चुला। दार्चुलामा यार्सा टिप्न गएका बालकको भिरबाट लडेर घट्नास्थलमै मृत्यु भएको छ ।

बिहिबार ब्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङ्गका दिलिप विष्टका १२ बर्षीय छोरा अनिल विष्टको भिरबाट झण्डै एक हजार मिटर तल खसेर मृत्यु भएको हो ।
सर्बहित आधारभुत विद्यालय दुम्लिङ्गमा कक्षा ५ मा अध्ययनरत विष्टको व्यास २ दुधिवनबाट यार्सा संकलन गरेर घर फर्किने क्रममा घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।