हावाहुरी : मृतकको संख्या २ पुग्यो, ९९ घाइते, १५ सय घर टहरामा क्षती, सुदूरपश्चिम विद्युत विहिन

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २४, २०७६

कैलाली र कंचनपुरमा बिहिवार राती आएको हावाहुरिका कारण ठूलो क्षति भएको छ । कैलालीमा २ जनाको मृत्यु भएको छ, भने दुबै जिल्लामा ९९ जना घाइते भएका छन । कैलालीको टिकापुर नगरपालिका २ मा परखाल लागेर लाहनु डगौराको मृृत्यु भएको छ ।
गोेदावरि नगरपालिका ८ मा हावाहुरीका कारण विरवहादुर चौधरीको मृत्यु भएको छ । पुर्बबाट पश्चिम गइरहेको बा ३ प ३८३६ नम्बरको टिप्परले से १ प ५८५१ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो। घाइते अधिकाशकोे सेती अस्पतालमा उपचार भइरहेकोछ ।
हावाहुरीका कारण अहिलेसम्म कैलालीमा ७६ जना घाइते भएका छन् भने कञ्चनपुरमा २३ जना घाइते भएका छन् । गम्भीर चारजनालाई उपचारका लागि भारत र नेपालगन्ज पठाइएको छ ।
क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । अहिले दुबै जिल्लामा विद्युत भने अवरुद्ध छ ।

हावाहुरीले झण्डै १५ सय घर टहरामा क्षती

कैलाली र कञ्चनपुरमा गएराती आएको हावाहुरीले झण्डै १५ सय घर टहरामा क्षती पुगाएको प्रारम्भीक विवरण प्राप्त भएको छ भने दर्जनौ परिवार विस्थापीत भएका छन्। दुवै जिल्लामा नीजि, सार्वजनिक, विद्यालय र  प्रहरी चौकीका भवन समेत गरेर झण्डै एक हजार पाँच सय घरमा आशिंक तथा पूर्ण क्षती पुगेको बताईएको छ। प्राप्त विवरण अनुसार कैलालीमा झण्डै १३ सय र कञ्चनपुरमा दुई सय बढि घरमा क्षती पुगेको हो।

कैलालीमा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायत जिल्लाका अन्य स्थानीय तहमा समेत गरेर करिब १३ सय घर टहरा भत्कीएका छन्। ती घर टहरा भत्कीएपछि दर्जनौ परिवार विस्थापीतभएको बताइएको छ तर  विवरण संकलन गर्ने काम चलिरहेकाले संख्या बढन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नीरिक्षक पकाश डाँगीले जानकारी दिनुभयाे।

हावाहुरीबाट सबंैभन्दा बढि जिल्लाको धनगढी उपमहानगरपालिका प्रभावित भएको प्रहरीले जनाएको छ।उता कञ्चनपुरमा  हावाहुरीबाट एक सय ८५ नीजि घर र १४ वटा प्रहरी चौकी र अस्थायी प्रहरी चौकीका भवनमा क्षती पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कतिपय घरका छाना मात्र उडाएको छ भने कतिपय घर पूर्ण रुपले क्षती ग्रस्त भएका छन्। सबैभन्दा बढि जिल्लाको भीमदत्त र वेदकोट नगरपालिकामा क्षती पुगेको कञ्चनपुरका प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर विष्टले जानकारी दिनुभयाे।

यता, जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको विपद व्यवस्थापन समितिको बैठकले क्षतीको विवरण संकलनको जिम्मेवारी स्थानीय स्तरमा वडाअध्यक्षको संयोजकत्वमा गठित समितिलाई दिएको छ।  उक्त समितिले विवरण संकलन गरेपछि मात्र क्षती भएका घर टहराको विवरण आउने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जानकारी दिनुभयाे।

उक्त विवरण आएपछि आवश्यकताका आधारमा राहात वितरण गरिने प्रजिअ बोहोराले जनाउनुभयाे। त्यसका लागि राहात वितरणमा एकद्धारा प्रणाली लागु गर्दै सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको संयोजकत्वमा उप–समिति गठन गरिएको छ। तर हावाहुरीबाट आशिंक वा पूर्ण रुपले विस्थापीत भएकाहरुले प्रशासनिक निकाय र जनपतिनिधीले राहात वितरणमा ढिलाई गरेपछि समस्या भएको गुनासो गरेका छन्।

सुदूरपश्चिम विद्युत विहिन

कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा हावाहुरीका कारण एक हजार बढि पोल ढलेपछि सिङगो सुदूरपश्चिम विद्युत विहिन भएको छ। विद्युत प्राधिकरण सुदूरपश्चिमका अनुसार कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा हावाहुरीका कारण हजार बढि पोल ढलेका छन्। कञ्चनपुरमा पाँच सय पोल ढलेका छन् भने कैलालीमा त्यो भन्दा बढि पोल ढलेको प्राधिकरणले जनाएको छ।

हावाहरीको कारण पोल ढलेपछि सुदूरपश्चिमका सबै जिल्लामा बिहीबार साँझदेखि विद्युत सेवा अवरुद्ध भएको छ। आज क्षती संकलनमै समय लाग्ने भएकाले मर्मतको कार्य धेरै स्थानमा भोली देखि मात्रै सुरु हुने विद्युत प्राधिकरण सुुुुदूरपश्चिमका प्रमुख सतिश कर्णले बताउनुभयाे।

सुरुमा शहरी क्षेत्रमा विद्युत सुचारु गर्ने प्रयास भईरहेले केही स्थानमा भने छिट्टै विद्युत सुचारु हुने कर्णको भनाई छ। ठुलो नोक्सानी भएकाले विद्युत मर्मतका लागि पनि बजेट धेरै लाग्ने देखिएको छ। यद्यपी बजेटपछि अनुमोदन हुने र अहिले मर्मतको कार्य अगाडी बढाउन निर्देशन भईसकेको विद्युत प्राधिकरण सुदूरपश्चिमले जनाएको छ।

प्रदेश सरकारले प्रभावित क्षेेत्रमा राहत र उद्घारको कार्य संचालन गर्ने 

सुदूरपश्चिम प्रदेश सरकारले प्रभावित क्षेेत्रमा राहत र उद्घारको कार्य संचालन गर्ने  भएको छ। कैलाली र कंचनपुरमा हावाहुरीका कारण ज्यान गुमाएका प्रती श्रद्धान्जली  र घाईतेको स्वास्थ्य लाभको कामना गर्दै सरकारले उक्त निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो।

कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्य तत्काल संचालन गर्ने निर्णय गरेको बताउनुभयाे। उनले क्षतीको एकिन विवरण संकलन भएपछि सरकारले राहतको प्रवन्ध मिलाउने समेत जानकारी दिनुभयाे।

हावाहुरीका कारण अवरुद्ध भएका सडक, विद्युत, खानेपानी, टेलिफोन समेत तत्काल सुचारु गर्ने गरि काम भईरहेको बताउनुभयाे।

चट्याङ लागेर बैतडीमा दुई जना घाइते

चट्याङ लागेर बैतडीमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा दशरथचन्द नगरपालिका–५ सिमाइलका ३५ वर्षीया पुष्पा कोली र २० वर्षीया राधिका महर रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

बिहीबार साँझ वर्षा र हावाहुरीसँगै परेको चट्याङले घरमै बसिरहेका उनीहरु घाइते भएका हुन् । घाइते दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। -बिभिन्न अनलाइनहरुकाे सहयाेगमा।