ट्रयाक्टर दुर्घटना, तीन विद्यार्थीको मृत्यु

प्रकाशित मिति : बुधबार, असार ११, २०७६

अछाम । अछाममा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ।

चार जना घाइते भएको अछाम प्रहरीले जनाएको छ।  अछामको चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार बिहान से १ त ७८३९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको हो।

चौरपाटी गाउँपालिका २ का दशपल्ले माविबाट यो वर्ष एसईई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउदको मृत्यु भएको शिक्षक लोकबहादुर बोगटीले जानकारी दिनुभयाे।

ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्। बालुवा लिन सेती नदीतर्फ गइरहेको ट्रयाक्टर सडकको ढु‌गामा ठोक्किएर पल्टिएको हो।