करेन्ट लागेर एकको मृत्यु, तीन घाइते

प्रकाशित मिति : बुधबार, असार २५, २०७६

शैल्यशिखर नगरपालिका ९ गाजँरीमा नहरको पानी फर्काउन जाँदा करेन्ट लागेर एक जनाको भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

विद्युत प्रवाह भएको तार छुदा बुधबार बिहान २२ वर्षीय रमेश विष्टको मृत्यु भएको हो । उहाँसंगै रहेका विश्वेश्वर विष्ट, जगदिश भट्ट र महेश विष्ट घाइते भएका छन् ।

विद्युत कार्यालयको लापरवाहीका कारण घटना भएको भन्दै मृतकको शव परिवारजनले बुझेका छैनन् । घाइते तीनै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

विद्युतको तार पोलबाट छुटेर नहरमा झरेको कारण पानी फर्काउन जाँदा त्यही तारबाट प्रवाह भएको विजुलीबाट करेन्ट लागेर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।