बाढी र पहिराेमा मृत्यु हुनेकाे संख्या ६५ पुग्याे, ३७ घाइते

प्रकाशित मिति : सोमवार, असार ३०, २०७६

काठमाडौं। केही दिन देखिको अविरल वर्षाका कारण सोमबार विहान सम्म देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ भने घाइतेको संख्या ३७ जना रहेको छ ।

बाढी र पहिरोमा परी वेपत्ता हुनेको संख्या ३० रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म एक हजार ४४६ जनाको सकुशल उद्धार गरेको छ ।