बिषादीको प्रयोग घटाउन किसानलाइ सुझाव

प्रकाशित मिति : सोमवार, साउन ६, २०७६

दार्चुला । सुदूरपश्चिम विद्यार्थी समाज गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज बैतडीले गत महिना डिलाशैनी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का गाउँबस्तीमा पुगेर किसानहरुले प्रयोग गर्ने मलको अवस्थाबारे बुझेको जनाएको छ ।
सुदूरपश्चिम विद्यार्थी समाज गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज बैतडीका सचिव प्रकाससिह धामीले दिएको जानकारी अनुसार किसानहरुमा मलबारे अशिक्षा र अज्ञानताको कारणले गोकुलेश्वर बजारमा पाइने धेरै जसो तरकारीमा बिषादीको मात्रा हुने गरेको पाइएको छ । बिषादी सस्तोमा पाइने र छोटो समयमै माटोको उर्वराशक्ति बढाउने सोचले कृषकहरुले बिषादीको अत्याधिक प्रयोग गरिरहेको भेटिएको छ, सचिव धामीले भन्नुभयो, बिषादीको अधिकतम प्रयोगले माटाको उर्बरासक्ती बढ्नुको सट्टा दिनप्रतिदिन घट्ने र रोगकिराहरुको प्रकोप बढ्ने अर्थात माटोको बनावटनै बिगार्ने र बर्षैपिच्छे उत्पादन घटाउने भएकोले किसानहरुलाइ बिषादीको सट्टा प्राङगारीक मलको प्रयोग गर्न सुझाब दिएका छौ ।


सुदूरपश्चिम समाजको तर्फबाट डिलासैनी गाउँपालिकाको सदरमुकाम पुगेर रसायनिक मलको न्यूनीकरण र जैबिक बिसादीको उपयोग बारे कार्यक्रम गर्न प्रस्ताव गरेको र गाउँपालिकाले सकारात्मक प्रतिक्रिया दिएको सचिव धामीले बताउँनुभयो ।
रसायनिक बिषादीको न्यूनिकरण गर्दै अर्गानीक तरकारी उत्पादनमा किसानलाइ प्रयोत्साहन गर्ने समाजको लक्ष्य रहेको उहाँको भनाइ छ ।