जनसम्पर्क समिति जापान कान्तोको अन्तरक्रिया

प्रकाशित मिति : सोमवार, साउन २०, २०७६

 

नेपाली कांग्रेस बाग्लुङ निवर्तमान पार्टी सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल जापान भ्रमणमा छन् ।

भ्रमणका अवशरमा पौडेलले अन्तरकृया कार्यक्रम गर्ने भएका छन् । नेपाली जनसम्पर्क समिति कान्तो जापानको आयोजनामा अगष्ट ६ मा अन्तरकृया तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको छ ।

सांसद पौडेलसँगै जैमुनि नगरप्रमुख इन्द्रराज पौडेल सहित वार्ड अध्यक्ष हरुको समेत सहभागिता रहने बताइएको छ ।