शिक्षक लाइसेन्सको परीक्षा असोज ९ बाट, प्रवेशपत्र यसरी लिन सकिन्छ

प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा मिति सार्वजनिक गरेको छ । सूचना अनुसार असोज ९ गते प्राथमिक, १० गते माध्यमिक तथा ११ गते निम्न माध्यमिक तहको परीक्षा संचालन हुने छ ।

प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रीन्ट गर्न सकिने छ । परीक्षा केन्द्र पछि सार्वजनिक गरिने छ ।

विस्तृत विवरण तल दिइएको छ ।