राजेन्द्र बिष्ट नेपाली राष्ट्रिय भलिबल टोलीमा छनोट, टोलीमा को को परे हेर्नुहोस ?

प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६

दार्चुला । एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय भलिबल टोलीको अन्तिम छनोट भएको छ ।
यसपटक छनोटमा तीन जना नयाँ खेलाडी समावेश भएका छन् । दार्चुलाका राजेन्द्र विष्टका साथै दुर्गा खड्का र टेकराज अवस्थी पहिलो पटक टोलीमा परेका हुन् । यसअघि छनोटमा २५ खेलाडीबाट १८ खेलाडीको नामावली सार्वजनिक गरिएको थियो ।
नेपाल भलिबल संघको आयोजनमा यहि भदौ २ देखि ७ गतेसम्म एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिता हुँदैछ । लगनखेलस्थित आर्मीको कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बंगलादेशले यस प्रतियोगितामा सहभागिता जनाउने छन् ।
नेपाली टोलीलाइ विगत डेढ महिनायता प्रशिक्षण भइरहेको छ ।
टोलीमा
कप्तान ईम राना
पूर्ण टोली
धनबहादुर भट्ट क्षेत्री (आर्मी)
विशाल विक (पुलिस)
कुलबहादुर थापा (पुलिस)
राजेन्द्र विष्ट (आर्मी)
टेकराज अवस्थी (एपीएफ)
हरिबहादुर अधिकारी (आर्मी)
दुर्गा खड्का (आर्मी)
दिपक राज जोशी (पुलिस)
नरेन्द्र गिरि (आर्मी)
राजकुमार निरौला (एपीएफ)
ईमबहादुर मगर (कप्तान) (पुलिस)
हरिहजुर थापा (आर्मी)
विनोद बहादुर चन्द (एपीएफ)
इश्वर थापा मगर (आर्मी) रहेका छन् ।

पहिलोपटक राष्ट्रिय भलिबल टिममा परेका बिष्ट को हुन ?
पहिलो पटक राष्ट्यि भलिवल टोलिमा छनोट भएका राजेन्द्र बिष्ट दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीका उदयमान खेलाडी हुन् ।
२०६८ सालमा नेपाल आर्मीमा जागिर शुरु गरेका बिष्ट एक बर्षको तालिम पश्चात क्लबमा छनोट भएका थिए ।

तीन बर्ष पहिले देखी त्रिभुवन आर्मी क्लबबाट राष्ट्यि खेलहरु समेत खेल्न थालेका बिष्टले पछिल्लो समय प्राप्त गरेको सफलता सुदूरपश्चिम प्रदेशकै गौरबको बिषय भएको भलिवल प्रशिक्षक भोजराज जोशीले बताउँनुभयो ।

भिडियो हेर्नुहोस