दार्चुला : सिडियोको छड्के, चालिस कर्मचारी अनुपस्थित

प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६

दार्चुला । जिल्ला सदरमुकाम खलंगास्थित २२ ओटा सरकारी कार्यालयका ४० जना कर्मचारी एकै दिन अनुपस्थित रहेको पाइएको छ ।
प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट नेतृत्वको टोलीले बुधबार गरेको छड्के अनुगमनका क्रममा ४० जना कर्मचारी अनुपस्थित रहेको पाइएको हाे । अनुपस्थित कर्मचारीमा १० जना अधिकृत स्तरका छन् ।
कार्यालय प्रमुख सहित सबैभन्दा बढी कर्मचारी दार्चुला तिकंर सडक योजनामा अनुपस्थित रहेको पाइएको छ । आर्थिक बर्ष सकिएपछि घर गएका केहि कर्मचारी एक महिना बढी समय बित्दा समेत कार्यक्षेत्रमा उपस्थित नभएका हुन् ।
प्रमुख जिल्ला अधिकारी बिष्टले भन्नुभयो, अनुगमन गरिएका अधिकासं कार्यालयको सरसफाइमा ध्यान नदिइएको, केहि कर्मचारीले नियमित पोसाक समेत नलगाएको, सेवाग्राही सहायता कक्ष प्रभावकारी नभएको लगायत विभिन्न कमजोरीहरु समेत फेला परेका छन् ।

कार्यालयमा अनुपस्थित र कर्तव्य पालना नगरेका कर्मचारीलाइ आवश्यक कारवाही गरिने प्रमुख जिल्ला अधिकारी बिष्टले बताउँनुभयो । कतिपय राष्ट्रसेवक कर्मचारी नै कार्यभार र जनमैत्री सेवा प्रवाहमा जिम्मेवार नभएकोले सेवाग्राही समस्या भोग्न बाध्य रहेका छन् ।