डा. भण्डारी अष्ट्रेलिया लेबर पार्टी डेलिगेट्मा बिजयी

प्रकाशित मिति : सोमवार, भदौ ९, २०७६

सुदुर पश्चिम प्रदेश डडेलधुरामा जमिएका महेश भण्डारी अष्ट्रेलियाको लेबर पार्टी डेलिगेटमा बिजयी भएका छन । अष्ट्रेलियाको मेलबर्न शहर लाई कर्मथलो बनाएका भण्डारी विभिन्न समाजिक संघ सस्थामा कार्यरत छन ।

अष्ट्रेलियामा बस्ने नेपालीहरुका लागि विभिन्न किसिममा सहयोग गर्दै आएका भण्डारी अष्ट्रेलियाको लेबर पार्टीका वर्तमान ब्रान्च प्रेसिडेन्ट पनि हुन ।

“म अष्ट्रेलियाको लेबर पार्टीको डेलिगेटमा बिजयी भएको छु । नेपालीका समस्या समाधानको लागि म र हाम्रो पार्टी सधै लागिरहने छ” भण्डारीले भने- “मेरो चयनले अष्ट्रेलियाको लेबर पार्टी संग नेपाल र नेपाली राजनीतिको आत्मियता झनै बढाउने छ ।”