दत्तुका पहिरो पिडितलाइ क्षतिपुर्ती र पुर्नस्थापनाको माग

प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६

दार्चुला । प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले महाकाली नगरपालिका ९ दत्तुका पहिरो पिडित परिवारलाइ आवश्यक क्षतिपुर्ती र पुर्नस्थापनाको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुन्य समयमा बैल्दै सासंद ठगुन्नाले पिडितलाइ राहात र क्षतिपुर्तीको व्यवस्था गर्न माग गरेका हुन् ।
महाकाली नगरपालिकाले सडक विभागद्वारा तयार पारिएको डिपिआर विपरीत बस्तिमाथि जथाभावी डोजर चलाई बाटो निर्माण गर्दा महाकाली नगरपालिका ९ दत्तुका कम्तिमा २० परिवार पहिरोका कारण जोखिममा परेका छन् । प्रतिनिधिसभा बैठकको सुन्य समयमा बोल्दै सासंद ठगुन्नाले भन्नुभयो, पहिरोका कारण विस्थापित भएका पिडित परिवारलाई नगरपालिकाबाट क्षतिपुर्ति भराउन र उनिहरुको पुर्नस्थापनाको व्यवस्था मिलाउन नेपाल सरकार समक्ष माग गर्दछु ।
दत्तुमा आएको पहिरोका कारण आफुहरुको उठिबास भएको भन्दै स्थानीय पिडित परिवारले निरन्तर क्षतिपुर्ती र राहातको माग गरिरहेका छन् । नगरप्रमुख हंशराज भट्टलाइ समेत भेटेर पिडित परिवारलाइ क्षतिपुर्ती र पुर्नस्थापनाको व्यवस्था गर्न माग गरिएको स्थानीय नरसिह चैसीरले जानकारी दिनुभयो । यसअघि भदौ १५ गते राहात र क्षतिपुर्तीको माग सहित दत्तुका स्थानीयले महाकाली लोकमार्ग बन्द गरेर बिरोध समेत गरेका थिए ।
पिडित स्थानीय आन्दोलित भएपछि नगरप्रमुख हंशराज भट्ट लगायतको टोलीले स्थलगत निरिक्षण गरेर समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् । नगरप्रबक्ता एबं वडा नम्बर ४ का वडाअध्यक्ष पुस्करराज जोशीका अनुसार पहिलो पटक गएको पहिरोबाट  पिडित भएका परिवारलाइ राहात प्रदान गर्न नगरपालिकाबाट निर्णय भएकाे थियो । पछिल्लो समय पहिरोका कारण क्षती भएपछि के गर्ने भन्ने बिषयमा कुनैपनि निर्णय भइसकेको छैन, प्रबक्ता जोशीले भन्नुभयो, नगरपालिकाको तर्फबाट स्काभेटर मेसीन प्रयोग गरेर क्षती न्यूनिकरणको प्रयास गरेका छौ । पिडित परिवारलाइ गर्न सक्ने सहयोग र राहातका बारेमा अगामी बैठकमा छलफल गर्ने तयारी छ ।

यसैबिच बुधबार प्रतिनिधिसभामा सम्बोधन गरेका सासंद ठगुन्नाले दार्चुला जिल्लाको मित्रराष्ट्र चिनको तिब्बत ताक्लाकोट जोड्ने नाका तिंकर लिपुलेकबाट परम्परागत रुपमा नेपाली व्यापारीहरुले स्थानीय मालसमानहरुको व्यापार गरिरहेकोमा हाल चिनिया पक्षबाट नेपाली व्यापारीहरुको सामानमा कडाई गरिरहेकोले आवश्यक कुटनीतिक पहल गरि सहजरुपमा व्यापार निरन्तरताको लागि पहल गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई समेत अनुरोध गरेको सासंद ठगुन्नाका स्वकिय सचिब दौलतसिह ठगुन्नाले जानकारी दिनुभयो ।