कञ्चनपुरको मटेना ताराकोटमा पाँच तले भ्यू टावर बन्ने

यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

कञ्चनपुर, २० वैशाख । भीमदत्त नगरपालिका वार्ड नम्बर ९ मटेनाको चुरे क्षेत्रमा पर्ने ताराकोटमा पाँच तले भ्यू टावर निर्माण गरिने भएको छ । भीमदत्त नगरपालिकाले भ्यू टावरका लागि ताराकोटमा सम्भाव्यता अध्ययन गराएको छ । चालु आर्थिक वर्षमा भ्यू टावर निर्माण कार्य सुरु हुने गरी सम्भाव्यता अध्ययन गराएको हो । गत असोजमा दशैपछि परामर्शदाता नियुक्त गरी सम्भाव्यता अध्ययन गरिएको थियो ।

भीमदत्त नगरपालिका कार्यालयका इन्जिनियर हिमालय सिंह ऐरले परामर्शदार्ताले सम्भाव्यता अध्ययन पूरा गरी कार्यालयमा प्रतिवेदन बुझाएको बताए । ‘परामर्शदाता कम्पनीले डिजाइन र इष्टमेट सहितको प्रतिवेदन बुझाएको छ’ इन्जिनियर ऐरले भने, ‘त्यसै अनुसार भ्यू टावर निर्माण हुन्छ ।’

पाँच तले भ्यू टावर निर्माणमा एक करोड ६८ लाख बजेट खर्च हुने अनुमान गरिएको छ । बजेट बढी भएकाले संशोधनका लागि परामर्शदातालाई आग्रह गरिएको छ । ‘यो बजेट अलि बढी भयो भनेर संशोधनका लागि आग्रह गरेका छौ’ उनले भने । धार्मिक पर्यटकीय क्षेत्र झिलमिला तालसम्म सडक कालोपत्रे पुग्ने भएपछि दर्शनार्थी र पर्यटकहरुलाई दृष्यावलोकनका लागि भ्यू टावर बनाउन लागिएको
हो ।

सघन सहरी विकास कार्यक्रम अन्र्तगत मटेनाबाट ताराकोटसम्म सडक कालोपत्रे बनाउन थालिएको छ । मटेनाबाट ताराकोट साढे ९ किलोमिटर टाढा छ । अहिले ताराकोट नजिक सुगर खालीसम्मको ५ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो । भीनपाका इन्जिनियर ऐरीले पाँच तले भ्यू टावर सहित शौचालय निर्माण हुने परामर्शदाताको प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिए ।

ताराकोटबाट तालसम्म पुग्न चार सय मिटर हिड्नुपर्नेछ । ताराकोटबाट तालसम्म पुग्न सिँढीहरु निर्माण गरिने छन् । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले ब्रह्मदेबदेखि रौटेलासम्म धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका हुन् ।

राटेलादेखि ब्रह्मदेबसम्म जैविक धार्मिक पर्यटकीय मार्ग निर्माण गरी झिलमिला, ब्रह्मदेब, भम्केनीधाम, विष्णु मन्दिर साकेत धाम र रौटेलाको विकास गर्ने लक्ष्य राखेर पूर्वाधार निर्माणका कार्य गरिएका छन् ।

Google photo


यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares
  •  
    1.2K
    Shares
  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
  •   
  •   
  •  

प्रतिक्रिया तल लेख्नुहोस्

Be the first to comment on "कञ्चनपुरको मटेना ताराकोटमा पाँच तले भ्यू टावर बन्ने"

Leave a comment

Your email address will not be published.


*