चीन र रुसको हातेमालो

प्रकाशित मिति : सोमवार, माघ १५, २०७४

आर्कटिक महासागरमा आफ्नो चासो देखाउने चीन एक्लो देश होइन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यहाँ डिसेम्बरमा एउटा प्लान्ट उद्घाटन गरेका थिए । जसबाट स्पेनका दूरवर्ती देशमा ग्यास निर्यात गरिनेछ ।

चिनियाँ सरकारले शुक्रबार आफ्नो आगामी परियोजना ‘पोलार सिल्क रोड’को घोषणा गरेको छ । चीनले यो महत्वाकांक्षी योजना उत्तरी ध्रुवको आसपासमा एउटा समुद्री मार्ग तयार गर्नका लागि घोषणा गरेको हो, जसका माध्यमबाट व्यापार गर्न सकियोस् ।

चीनको यो परियोजना उसको सिल्क रोड र वान बेल्ट वान रोडकै हिस्सा हो । राष्ट्रपति सी जिनपिङले २०१३ मा यस योजनाको चर्चा गरेका थिए । चीन आफ्नो यस योजनामा सफल भयो भने ऊ उत्तरी अमेरिका, पूर्वी एसिया र पश्चिमी युरोपका तीन ठूला आर्थिक ध्रुवलाई जोड्न सफल हुनेछ ।

चीनको नीति
चीन जलवायु परिवर्तनका कारण अन्तर्राष्ट्रिय व्यापारलाई थप सुगम बनाउन चाहन्छ । चिनियाँ सरकारका अनुसार यो रुट अस्तित्वमा आएको अवस्थामा मुख्य व्यापारिक साझेदारका साथ व्यापारमा समय र लागतको बचत हुनेछ । शुक्रबार जुन दस्ताबेज प्रकाशित गरिएको छ, त्यसको शीर्षक छ– आर्कटिकका लागि चीनको नीति ।’

यस दुर्गम महासागरका लागि कुनै पनि एसियाली देशले पहिलोपल्ट समुद्री मार्ग प्रशस्त गराउने आफ्नो चाहना प्रकट गरेको छ । यो भलै दुर्गम महासागर हो, तर प्राकृतिक संसाधनबाट भरपूर छ । आखिर यस नयाँ मार्गलाई लिएर चीन किन यतिबिघ्न आतुर देखिन्छ, यसबाट उसलाई के फाइदा हुन्छ ?

उत्तरी समुद्री मार्ग
चिनियाँ सरकारका दस्ताबेजअनुसार उसले आफ्ना कम्पनीलाई आधारभूत ढाँचा विकसित गर्नका लागि प्रोत्साहित गर्नेछ । यसपछि चीनले भविष्यका लागि उत्तरी ध्रुवसम्म एउटा समुद्री व्यापारिक मार्ग प्रशस्त गर्नेछ । हालैका वर्षमा चीन नयाँ अन्तर्राष्ट्रिय समुद्री मार्ग र बन्दरगाहलाई लिएर अत्यन्त सक्रिय भएको छ । चीन व्यापारका लागि बढी समय लिने पुराना मार्गमाथि निर्भर हुनुभन्दा कम समय र कम दूरीको नयाँ मार्ग तय गर्न चाहन्छ ।

पोलर सिल्क रुट
चीन पनामा रुटमाथिको आफ्नो निर्भरता घटाउन चाहन्छ । एक अनुमानका अनुसार चीन यो नयाँ रुट निर्माणमा सफल भयो भने पनामा च्यानल हुँदै रोट्रेडमबाट चीन आउन अहिले जति समय लाग्छ, त्यसभन्दा २० देखि ४८ दिन कम समय लाग्नेछ ।

चीनको सूचना परिषद्द्वारा प्रकाशित गरिएका दस्ताबेजका अनुसार उसलाई ‘पोलर सिल्क रुट’मा सबै सम्बन्धित पक्षले साथ दिने विश्वास छ । यस दस्ताबेजअनुसार सबै देशलाई यस समुद्री मार्गको उपयोग गर्ने हक हुनेछ । चीनका अनुसार यस मार्गको उपयोगबाट पर्यावरण रक्षमा पनि रणनीतिक मद्दत पुग्नेछ ।

चीनको बढ्दो विस्तार
यथार्थ यो हो कि यस महासागरमा चीनको कुनै समुद्री तट छैन । यहाँ रुस, अमेरिका, क्यानडा, आइसल्यान्ड, स्विडेन, नर्वे, फिनल्यान्ड र डेनमार्ग जस्ता देशको उपस्थिति छ । यी देशबीच आआफ्नो हितलाई लिएर विवाद पनि छ । यद्यपि ०१३ देखि चीनले आर्कटिक काउन्सिल पर्यवेक्षक सदस्यका रूपमा काम गरिरहेको छ । यो काउन्सिल कैयौँ देशको समूह हो, जसले त्यहाँका मूल बासिन्दा र देशबीच आइपर्ने समस्यामाथि काम गर्छ ।

०१३ पछि चीन शंकाको घेरामा छ । चीन यस इलाकाको प्राकृतिक ग्यास र तेलमाथि नियन्त्रणको होडमा सामेल हुन चाहिरहेको बताउने गरिन्छ । यहाँ १६ देखि २६ प्रतिशत यस्तो भूमि संरक्षित छ, जहाँ भरपूर खनिज सम्पदा हुने प्रबल सम्भावना छ ।

आइसबर्ग परियोजना
चीन सरकारले यी आरोप र शंकालाई अस्वीकार गरेको छ । यद्यपि, ‘आर्कटिकका लागि चिनियाँ नीति’ दस्ताबेजमा यस विषयलाई रेखांकित गरिएको छ कि उसले तेल, ग्यास, खनिज पदार्थ, माछा तथा अन्य संसाधन उपयोगको संकेत गरेको छ । तर, उसले यो सब आर्कटिक देशहरूको साथ र सहयोगमा मात्र गर्ने दाबी गरेको छ ।

आर्कटिक महासागरमा आफ्नो चासो देखाउने चीन एक्लो देश होइन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आर्कटिकमा डिसेम्बर महिनामा एउटा प्लान्ट उद्घाटन गरेका थिए । जसबाट स्पेनबाट टाढाका देशहरूमा ग्यास निर्यात गरिनेछ । पछिल्लो वर्षको अन्त्यमा रुसी सरकारले आइसबर्ग परियोजना उद्घाटन गरेका थिए ।

रुसी सिल्क रोड
रुस यसका माध्यमबाट आर्कटिक महासागरमा एउटा हाइड्रो कार्बन फिल्ड विकसित गर्न चाहन्छ । यो पानी र बरफबीच हुनेछ, जो पूर्णतः स्वायत्त रहनेछ । चिनियाँ मिडिया र रुसी सरकार समर्थक डिजिटल पत्रिका स्पुतनिकको भनाइ छ– चीनको पोलार सिल्क रोडको योजना मूल रूपमा रुसको हो र दुवै देश यसमाथि महिनौँअघिदेखि काम गरिरहेका छन् ।

पछिल्लो वर्ष मे महिनामा चिनियाँ विदेशमन्त्री वाङ यी रुस गएका थिए । यस यात्राका क्रममा उनले भनेका थिए– उनको सरकारले रुसी सिल्क रोडको समर्थन गर्छ । सिल्क रोड बेल्ट र रुट इनिसिएटिभ आर्कटिक रुट परियोजनाकै एउटा हिस्सा हो । यो युरोप र एसियाबीचको पुराना सामान व्यापारीबाट प्रेरित छ । (बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डट कम/हिन्दीबाट