जिल्लाकै अन्तीम स्थानियतहको रुपमा महाकाली नगरपालीका खुल्ला दिशामुक्त घोषणा

प्रकाशित मिति : सोमवार, माघ १५, २०७४

लोकेन्द्र प्रशाद जोशी, दार्चुला ।

दार्चुला जिल्लाको महाकाली नगरपालीका सोमबार खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । जिल्लाकै नबौ एब। अन्तीम स्थानिय तहको रुपमा वडा नम्बर ४ सहित सिगों नगरपालीकालाइ आज बिशेष कार्यक्रमका बिच खुल्ला दिशामुक्त घोषणा गरीएको हो ।

नगर प्रमुख हंशराज भट्टको अध्यक्षतामा सञ्चालीत कार्यक्रममा जिल्ला न्यायधिस प्रकाश कुमार काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो ।
यसअघि दार्चुला जिल्लाका ७ ओटा गाउँपालीका र शैल्यसिखर नगरपालीकाका समेत सबै वडाहरु खुल्ला दिशामुक्त घोषणा भइसकेका छन ।

महाकाली नगरपालीका खुल्ला दिशामुक्त घोषणा भएसंगै जिल्लाका ९ ओटै स्थानिय तहका ६१ ओटै वडाहरु औपचारीक रुपमा खुल्ला दिशामुक्त घोषणा भएका हुन ।

यसैबिच केहि दिनभित्रै सिगों जिल्लालाइ नै खुल्ला दिशामुक्त घोषणा गर्ने गरी आन्तरीक तयारी थालीएको छ । यो महिना भित्रै दार्चुला जिल्लालाइ ओडिएफ घोषणाको तयारी भइरहेको जिल्ला स्वच्छता समन्वय समितिले जनाएको छ ।