निजि शिक्षकद्धारा हकहित संरक्षणकालागी गाउँपालीकाको ध्यानआकर्षण

प्रकाशित मिति : मङ्लबार, माघ १६, २०७४

दार्चुला जिल्लाको मार्मा गाउँपालीका अन्तरगत रहेका बिभिन्न बिद्यालयहरुमा कार्यरत निजि शिक्षकहरुले पेशागत हकहितकालागी गाउँपालीकाको ध्यानआकर्षण गराउँने निर्णय गरेका छन । निजि शिक्षकहरुको हकहितकालागी गठित संघर्ष समितिका अध्यक्ष महादेब बिष्टको अध्यक्षतामा मंगलबार बसेको बैठकले गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधि लगायतको ध्यानआकर्षण गराउँने निर्णय गरेका हुन ।

यसअघि मंसीर महिनामा समेत शिक्षकहरुले ज्ञापन बुझाएको भएपनि कुनै सुनुवाइ नभएको भन्दै पुन. आफ्ना समस्याहरुबारे ध्यानआकर्षण गराउँने निर्णय गरीएको अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।

निजि शिक्षकहरुको तलबको ब्यबस्थापन समेत गाउँपालीकाले गरीदिनुपर्ने शिक्षकहरुले माग राखेका छन । साथै निजि शिक्षकहरुको पेशागत हकहित एब. अधिकार संरक्षणकोलागी ऐक्यबद्धता जनाएर सहयोग गर्न शिक्षक संघ संगठनहरुलाइ समेत अनुरोध गर्ने निर्णय गरेका छन ।