बालुवा भित्र लुकाएर ढुवानि भइरहेको २० पेटि मदिरा बरामद,

प्रकाशित मिति : बुधबार, माघ १७, २०७४

प्रतिबन्धीत क्षेत्र दार्चुला जिल्लाको दुहु गाउँपालीका वडा नम्बर ३ सिमलीबाट प्रहरीले २० पेटि मदिरा बरामद गरेको छ । प्रहरी चौकी ब्रह्मदेबबाट खटिएको प्रहरी टोलीले दार्चुला जिल्ला सदरमुकामबाट हिकिलातर्फ लैजादै गरेको अवस्थामा २० पेटि एसटिएस नामक मदिरा पक्राउँ गरेको हो ।
बालुबा बोक्दै गरेको म १ त १०२६ नम्बरको ट्याक्टरलाइ चेकजाचँ गर्दा ट्याक्टरको पछाडिपट्टि ट्रलीमा बालुवाभित्र लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा मादक पदार्थ बरामद गरीएको जिल्ला प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले जानकारी दिनुभयो । प्रहरीले मदिरा बोकेको ट्याक्टर सहित चालक धोके रानालाइ जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याएको छ ।

अन्दाजि ५४ हजार मुल्य बराबरको उक्त मदिरा, चालक र ट्याक्टरलाइ आबश्यक कार्बाहिको लागी कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
चालक रानालाइ सोधपुद्ध पछि १५ हजार धरौटि जरिवाना सहित तारीखमा छोडीएको छ भने ट्याक्टर जिप्रका दार्चुलामा राखीएको छ । मदिरा धनी को हो ? भन्ने नखुलेकाले अहिलेसम्म बिगो रकम उठ्न सकेको छैन । मदिरालाइ बढाबढीमा लिलाम गरीने छ ।

बरामद मदिराको कारोबारमा संलग्नलाइ मदिराको मुल्य बराबर बिगो जरीवाना वा एक बर्ष कैद वा दुबै सजाय गर्न सकिने ब्यबस्था छ । मदिरा कोलेनिकामा राखीएको छ । रानाले ढुवानि भाडा लिएर मदिरा ओरार्न खोजेको बुझीएको छ । दुहु गाउँपालीकामा मदिरालाइ पुर्ण प्रतिबन्धीत गरीएको छ ।