भारत चीनबीच भएको ’लिपुलेक सम्झौतापछि’ भारत मालामाल, नेपाल सुन्य

प्रकाशित मिति : शनिबार, माघ २०, २०७४

लोकेन्द्र प्रशाद जोशी, दार्चुला ।

दार्चुलाको ताक्लाकोटमा ब्यापार घट्दै जाँदा नेपालीहरु पूर्णतया भारतीय बजारमा निर्भर हुन थालेका छन् ।

केहि बर्ष पहिले दैनिक सयौं भारतीय नागरिक दार्चुला सदरमुकाम खलंगा बजारमा तेस्रो मुलुक चिनबाट आयात गरिएका विद्युतीय सामग्री र तयारी लत्ताकपडा खरिद गर्न आउँने गरेकोमा अहिले समय र अवस्था ठिक उल्टो भएको छ ।

बिगत बर्षहरुमा दार्चुला सदरमुकाम खलंगामा खुलेका फेन्सी पसलहरूको सामान भारतको पिथौरागढ र चम्पावत जिल्लाका बस्तीबस्तीमा पुग्ने गरेकोमा अहिले दार्चुला सदरमुकाममा करोडौँ रुपयाँको सरसमान भारतिय बजारबाट भित्रिने गरेको छ ।

नेपाली भूमिमा यातायात नपुग्नु र दिल्ली बेइजिङ हवाइ सेवा सञ्चालनले दार्चुलाको व्यापार ओझेलमा परेको महाकाली नगरपालीका वडा नम्बर ४ का वडाअध्यक्ष एब. स्थानिय ब्यापारी पुस्कर राज जोशीको भनाइ छ । दार्चुलाको त्रिदेशीय सीमा नाका ताक्लाकोटबाट झण्डै १५ वर्षयता कुनै पनि तयारी समान दार्चुलाका व्यापारीहरूले ल्याउन नसकेको उहाले बताउँनुभयो । ताक्लाकोट व्यापारमा पुनर्जीवन गर्नदार्चुला तिकंर सडकलाइ तिब्रताका साथ निमार्ण गर्नु आबश्यक रहेको उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष शुरेश सिह थापाको धारणा छ ।

नेपालमा चलेको माओवादी जनयुद्धको प्रभाव नाकासम्म पुगेदेखि दार्चुलादेखि चीनको नाका तिंकरसम्मको गोरेटो बन्द भएको थियो । उक्त बाटो बन्द भएसँगै ताक्लाकोट व्यापार सम्बन्धपनि सुन्यप्रायः भएको हो । केहि वर्षअघिसम्म दार्चुलासँग जोडिएको चिनियाँ बजार ताक्लाकोटमा नेपाली व्यापारीहरूको मात्रै उपस्थिति हुनेगरेकोमा अहिले ताक्लाकोटको बजार पूर्णरूपमा भारतीय व्यापारीहरूको कब्जामा रहेको छ ।

सन २०१५ मे मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा चीन र भारतबीच नेपाली भूमि लिपुलेक भएर आपसी व्यापार गर्ने द्धिपक्षिय सम्झौता भएको थियो । त्यो बेला दुई देशले नेपालको भूमि भएर व्यापार गर्ने सम्झौता गर्दा नेपाललाई सोधेका सम्म थिएनन, तर नेपालले यो बिषयमा कुटनितिक पहल गर्न नसक्दा दार्चुला ताक्लाकोट सम्बन्ध झनै ओझेलमा परेको ब्यापारी जोशीले बताउँनुभयो ।

अहिले ताक्लाकोटबाट दार्चुलासम्म समान ल्याउन न बाटो छ, न नेपालतर्फ सुरक्षा र भन्सार नै । हिउँदको बेलामा नेपालतर्फको नाकामा राज्यका कुनै पनि निकायको उपस्थिति हुदैन । त्यहाँ राज्यका निकाय मात्रै होइन, स्थानीय पनि हिँउदका ६ महिना सदरमुकाम बसाइँ सर्छन र मानबिय बसोबास नेपाली क्षेत्रमा शून्य हुनेगरेको छ । अब दार्चुलेली जनताको बेग्र प्रतिक्षाको बिषय भनेको दार्चुला तिकंर सडक हो । कुटनितिक सम्बन्ध बिस्तार र उक्त सडक निर्माणले पूर्णता नपाएसम्म त्रिदेशीय व्यापार प्राथमिकतामा नपर्ने दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष थापाको भनाइ छ ।

दार्चुलाको ब्यापारीक बिकास र आर्थिक समृद्धिकालागी तिकंर नाका तत्काल सञ्चालन गर्नुपर्ने उद्योग बाणिज्य संघ दार्चुलाको जोडदार माग रहेको थापाले बताउँनुभयो । तिकंरसम्म सडक बन्न सकेमा धार्मीक, ब्यापारीक लगायत जिल्लालाइ बहुआयामिक फाइदा हुने जानकारहरु बताउँछन ।

जनप्रतिनिधि, सांसदहरुले समेत ताक्लाकोट नाका खोल्न जोडदार पहल गर्नुपर्ने देखीन्छ । दार्चुलाका प्रतिनिधिहरुले कुटनितिक पहल र दार्चुला तिंकर सडक निर्माण कार्यले द्रुत गति पाउनुपर्ने माग सशक्त रूपमा राख्न नसक्दा नाकामा सहज सम्बन्ध बन्न नसकेको दार्चुलाबासीको दुखेसो रहेको छ ।