प्रदेश ७ को पहिलो बैठकमा के— के भयो ?

प्रकाशित मिति : आइतवार, माघ २१, २०७४

धनगढी ।

माघ २९ गते अर्को बैठक बस्ने गरि प्रदेश नम्बर ७ को बैठक सम्पन्न भएको छ ।

प्रदेशसभाका जेष्ट सदस्य दिव्यश्वरी शाहको अध्यक्षमा बसको बैटकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधी पनि पारित गरेको छ ।

प्रदेशसभाका जेष्ठ सदस्य शाहले बैठक सञ्चालनका क्रममा प्रदेश प्रमुख मोहनराज मल्लबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र सुनाएपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिले सम्बोधन गरेका थिए ।

बैठकमा नेकपा एमालेबाट प्रकाश वहादुर शाह, नेपाली कांग्रेसबाट भरत वहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट त्रिलोचन भट्ट र राष्ट्रीय जनता पार्टीबाट मालामती रानाले सम्बोधन गरे ।

धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षलाई प्रदेश सभा (संसद) का रूपमा परिणत गरिएको छ । बैठकमा प्रदेश नम्बर ७ का सबै ५३ जना प्रदेश सांसदहरूको उपस्थिति रहेको थियो ।

बैठकले सभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता ग्रहण गर्ने सदस्यहरूमा माया भट्ट (एमाले), देवराज पाठक (का“ग्रेस), वीरमान चौधरी (माओवादी केन्द्र), पुर्णा जोशी (एमाले) र कृष्णबहादुर चौधरी (राजपा) लाई मनोनयन गरेको छ ।