शनिवार यसरी उद्घाटन हुँदैछ ३० मेगावाटको चमेलिया, बेहुली झै सिंगारियो { फोटोहरु }

प्रकाशित मिति : शुक्रबार, माघ २६, २०७४

दार्चुला । प्रदेश नम्बर ७ ले लामो समयदेखि प्रतिक्षा गरिरहेको चमेलिया जलविद्युत आयोजनाको शनिवार औपचारिक रुपमा उदघाटन हुदैछ । ११ बर्ष लगाएर निमार्ण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको प्रधानमन्त्री शेर बहादुर देउवाले शनिवार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री देउवाले सनिबार बिहान ११ः३० बजे पछि चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख अजय कुमार दहालले जानकारी दिनुभयो । चमेलिया जलविद्युत आयोजनाको शनिवार हुने उद्घाटनका लागी चमेलिया क्षेत्र सिंगारिएको छ । लामो समयको प्रतिक्षापछि निर्माण सम्पन्न भएको चमेलियाको पावर हाउँस क्षेत्रमा सिंगारपटार गरीएको र उक्त क्षेत्रमा फुलहरु समेत रोपीएको छ ।

आयोजनाको अद्घाटन कार्यक्रममा सहभागि हुन प्रदेश प्रमुख मोहनराज मल्ल लगायत ब्यक्तीत्तहरु सुक्रबार नै आयोजनास्थल पुगिसकेका छन । भने आयोजनास्थलमा सुरक्षा ब्यबस्था निकै कडा पारीएको दार्चुला प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले जानकारी दिनुभयो ।

उद्घाटनकालागी प्रधानमन्त्री देउवाका साथै उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा, मन्त्री जयन्त चन्द लगायत मन्त्रालय र बिद्युत प्राधिकरणका उच्चपदस्थ कर्मचारी पनि चमेलिया आउने भएका छन् । हेलीकप्टरमार्फत अतिथिहरु आउँनेभएपछि चमेलियाको आयोजनास्थल बलाँचमा दुईटा हेलिप्याड निर्माण गरिएका छन् ।

एउटा हेलिप्याड पहिल्यैदेखि बनाइएकोमा अर्को नयाँ हेलिप्याडको समेत निर्माण भएको चमेलिया जलविद्युत आयोजनका प्रमुख अजयकुमार दाहालले बताउनुभयो ।

बैतडी र दार्चुलाको सिमानदी चमेलियामा २०६३ पुष देखि निर्माण सुरु भएको चमेलिया जलविद्युत आयोजनाले गत पुष महिनादेखी परिक्षण प्रशारण सुरु गरेको थियो । परिक्षणका क्रममा सफल देखिएपछि निर्माण सुरु भएको ठिक ११ बर्षपछि चमेलियाबाट विद्युत आयोजनाबाट बिद्युत उत्पादन भएको हो ।

चमेलियाको सुरुको लागत साढे ८ अर्ब बाट बढेर करिब १६ अर्ब पुगेको छ भने २०६८ मा सम्पन्न हुनुपर्ने आयोजना बिभिन्न पटक म्याद थप गर्दै ६ वर्ष ढिलो गरी ११ बर्षमा सकिएको हो ।