दार्चुलाका प्रकाश महताले बनाए १८ बर्षकै उमेरमा हेलिकोप्टर, निर्माणमा लाग्यो २ लाख खर्च

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ४, २०७४

कञ्चनपुर, ५ माघ । दार्चुलाका १८ वर्षीय प्रकाश महताले हेलिकोप्टर बनाएका छन् । दार्चुलाको विकट नौगाड गाउँपालिका– ४ होपरीका १८ वर्षीय प्रकास महताले आल्मुनियको एक हेलिकेप्टर बनाएका हुन् । २०५६ सालमा सामान्य परिवारमा जन्मिएका प्रकाशले चार महिना लगाएर ५ फिट लम्बाई, ३ फिट उचाईको हेलिकेप्टर बनाएका हुन् । सानैदेखि जिज्ञासु स्वभावका प्रकासले घरबाट विद्यालयको फिस तिर्न भन्दै लिएको पैसा जम्मा गरेर हेलिकोप्टर बनाएका हुन् । ‘मैले घरमा कलेजको शुल्क तिर्नुछ भन्दै पैसा मागेँ, उनले भने, ‘त्यसै पैसाले हेलिकेप्टर बनाएँ ।’

हाईड्रो ईलेक्ट्रिकल एण्ड टेक्निकल कलेज धनगढीमा ईलेक्ट्रिकल ओभरसेर अध्ययन गर्दै आईरहेका प्रकाशले बनाएको हेलिकोप्टर विद्युतीय शक्तिबाट संचालन हुन्छ भने ३ इन्जिन जडान गरिएको छ । यसमा पानीबाट त्यसको शक्ति नियन्त्रण गरिएको छ । उक्त हेलिकेप्टर संचालनका लागि रिमोट प्रयोग गरिएको छ । भारतीय बजार बनबासा, महेन्दनगर र धनगढीका स्थानीय बजारबाट कच्चा पदार्थ खरिद गरेर हेलिकोप्टर बनाएको प्रकासले बताए ।

उनका अनुसार हेलिकेप्टर बनाउनका लागि झण्डै २ लाख, १७ हजार रुपैँया खर्च गरिएको छ । ‘म सानो छँदा हाम्रो पहाडका आकासमा हेलिकोप्टर उडेको देख्थे, उनले भने, ‘सानैदेखि मलाई हेलिकेप्टर कसरी उड्छ, भन्ने कौतुहलता जाग्थ्या र म सोच्थेँकी एकदिन म पनि हेलिकेप्टर बनाउँछु ।’ आफुले आमाबाबु, आफन्त र साथीभाईसँग हेलिकेप्टर बनाउने कुरा गर्दा सबैले जिस्क्याउने गरेको उनको बताए । उनले बनाएको हेलिकोप्टर यतिबेला कञ्चनपुरको महेन्द्रनगरमा जारी क्षेत्रीय औंद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा प्रदशर्नका लागि राखिएको छ ।