प्रदेश ७ को मुख्यमन्त्रीसहित अन्य ६ जना मन्त्रीले खाए पद तथा गोपनियताको सपथ

प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०७४

धनगढी, ५ फागुन । प्रदेश ७ को मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियाताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री भट्टलाई आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहणसँगै मुख्यमन्त्री भट्टले ७ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । ६ जना मन्त्रीहरुलाई समेत प्रदेश प्रमुख मल्लले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

मुख्यमन्त्रीको नियुक्ती विहीवार नै भईसकेकोमा मन्त्रीहरुको भने आज मात्रै टुङगो लगाईएको हो । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी जिल्ला प्रदेश क्षेत्र २ बाट नेकपा माओवादीको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचिएका भएका थिए । यस्तै नेकपा एमालेबाट ४ जना र माओवादी केन्द्रबाट २ जनाले प्रदेश मन्त्रीको सपथ लिएका छन् ।

एमालेको तर्फबाट सामाजिक विकास मन्त्रीमा एमाले कैलालीका अध्यक्ष समेत रहेका दिर्घ सोडारी, आन्तरिक मालिला तथा कानुन मन्त्रीमा संसदीय दलका नेता प्रकाश वहादुर शाह, भौतिक पुर्वाधार मन्त्रीमा डडेल्धुराबाट विजयी पठानसिह बोहरा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा माया भट्टले सपथ ग्रहण गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री भट्ट सहित आर्थिक तथा योजना मन्त्रीमा अछामबाट प्रदेश सदस्यमा विजयी झपट बोहरा र भूमि व्यवस्था कृषि तथा सहरी मन्त्रीमा विनिता चौधरी नियुक्त भएका छन् ।