प्रदेश ७ का नवनियुक्त मन्त्रीहरुको एउटै स्वर, ‘समृद्ध प्रदेश बनाउछौँ’ (भिडियोसहित)

प्रकाशित मिति : आइतवार, फाल्गुन ६, २०७४

धनगढी, ६ फागुन । प्रदेश ७ का नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । शनिवार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको सपथ लिनुभएका मन्त्रीहरुले आईतवार पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणसँगै पहिलो मन्त्रिपरिषद् बैठक समेत सम्पन्न भएको छ । धनगढीस्थित मुख्यमन्त्रीको कार्यालयमा बसेको बैठकले महत्वपूर्ण ३ वटा निर्णयहरु गरेको छ ।

नवनियुक्त मन्त्रीहरुले आफुहरुलाई दिएको जिम्मेवारी कुसलतापुर्व निर्वाह गर्दै समृद्ध प्रदेश बनाउने दावी गरेका छन । आन्तरिक मामिला र कानुन मन्त्री तथा संसदीय दलका नेता प्रकाश बहादुर शाहले प्रदेशको शान्ति सुरक्षा कायम गर्दै कानुनको विधिवत रुपमा पालना गर्ने वातावरण वनाउने बताउनुभयो ।

सामाजिक विकास मन्त्री एमाले कैलालिका अध्यक्ष समेत रहनुभएका दिर्घ सोडारीले यो प्रदेश अन्य प्रदेशको तुलनामा शिक्षा स्वास्थ्य रोजगारी लगायतका क्षेत्रमा पछाडी परेकोले मानव विकासका आधारभुत कुराहरुलाई अगाडी बढाउने बताउनुभयो ।

यस्तै भौतिक पुर्वाधार मन्त्री पठानसिह बोहोराले सडक यातायात खानेपानी लगायतका भौतिक पुर्वाधारको अभावमा प्रदेशका बासिन्दा रहेकोले त्यस्ता योजनाहरुलाई पहिलो प्राथमिकता दिने बताउनुभयो । आर्थिक तथा योजना मन्त्री झपट बोहराले प्रदेशलाई आर्थिक रुपमा समुन्नत बनाउँदै अर्थतन्त्रलाई मजवुद बनाउने बताउनुभयो ।

भुमी व्यवस्था कृर्षी तथा सहरी मन्त्री विनिता चौधरीले सुकुम्वासी भुमीहीन मुक्त कमैया लगायतका समस्याहरु समाधान गर्दै वैज्ञानिक भुमी सुधार लागु पर्ने बताउनुभयो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा माया भट्टले वन सम्पदाको हिसावले प्रदेश सम्पन्न भएकोले प्राकृतिक सम्पदाहरुको सही सदुपयोग र परिचालन गर्दै अगाडी बढ्ने बताउनुभयो । दिनेश एफएमबाट साभार