प्रधानमन्त्रीले हेलिकोप्टर पठाएपछि भिरबाट लडेर गम्भीर घाइते बाजुराकी धर्म रोकायाको उद्धार

प्रकाशित मिति : मङ्लबार, फाल्गुन ८, २०७४

बाजुरा, ८ फागुन । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा भीरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको उद्धार गरिएको छ । बाजुरास्थित दुर्गम गाउँ गौमुलकी धर्म रोकायालाई प्रधानमन्त्रीको निर्देशनमा हेलिकोप्टर
मार्फत काठमाडौं लागिएको हो ।

गत फागुन ३ गते भीरबाट लडेर घाइते भएकी रोकायलाई नेपालगञ्जमा उपचार सम्भब नभएपछि समस्या परेको थियो । घाइतेको समस्याबारे बाजुराका एमाले पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले प्रधानमन्त्रीलाई जानकारी गराएपछि ओलीले सक्रियता देखाएका हुन् ।

प्रधानमन्त्रीले बिरामी रोकायालाई तत्काल काठमाडौं ल्याउन निर्देशन दिँदै जहाजको प्रबन्ध गराएका थिए । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकी रोकायाको नेपालगञ्जमा उपचार हुन नसकेपछि थप उपचार गर्न समस्या परेको थियो ।

थप उपचारका लागि आर्थिक व्यवस्थापन गरिदिन थापालाई अनुरोध गरिएको थियो । थापाले पनि हेलिकोप्टर चार्टर गरेर काठमाडौं ल्याउन सक्ने आँट गर्न सकेनन् । र अन्ततः प्रधानमन्त्री ओलीलाई गुहारेका थिए ।