सुदूरपश्चिमेली नेपाली समाज भारतको पहिलो बार्षिकोत्सब

प्रकाशित मिति : बुधबार, फाल्गुन ९, २०७४

लोकेन्द्र प्रशाद जोशी, दार्चुला ।

सुदूरपश्चिमेली नेपाली समाज भारतको पहिलो वार्षीकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

समाजका भारत जम्मु कस्मीर समिति अध्यक्ष बासु देब जोशीको अध्यक्षता र सम्झना साहीको प्रमुख अथीत्यतामा सञ्चालीत बार्षिकोत्सब बिभिन्न सास्कृतिक कार्यक्रम सञ्चालन गर्दै सम्पन्न भएको हो ।

सबै नेपाली एकजुट भएर शुदुरपश्चिमेली कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले गठन भएको समाजले हजारौ नेपालीहरुको उपस्थितिमा भब्यताकासाथ पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गर्न सफल भएको अध्यक्ष जोशीले बताउँनुभयो ।

आधा दर्जन कलाकारले प्रस्तुति राखको उक्त कार्यक्रमको मुख्य आकर्षणकारुपमा शुदुर लोकडेउँडा, ठाडी भाकाहरु रहेका थिए ।

बार्षिकोत्सबको समापन समारोहमा सुदुरपश्चिमेली नेपाली समाज जम्मु कस्मीर समितिका अध्यक्ष जोशीले सबै नेपालीहरुलाई समाजमा आवद्ध हुन आग्रह गर्दै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाइ धन्याबाद ज्ञापन गरेका थिए ।