भीमदत्त नगरपालिकाले ८ विभूतिको नाममा पुरस्कार स्थापना गर्ने (सूचिसहित)

प्रकाशित मिति : बिहिबार, फाल्गुन १०, २०७४

कञ्चनपुर, १० फागुन । भीमदत्त नगरपालिकाले विभिन्न व्यक्तिको नाममा पुरस्कारको स्थापना गरेको छ । शुक्लाफाँटा राष्टिय निकुञ्जको घाँसे मैदानमा बिहीबार बसेको नगरकार्यपालिका बैठकले सहिद र विभुतिहरुको सम्मानमा पुरुस्कारको स्थापना गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले बैठकले सुदुरपश्चिमका तथा राष्ट्रियका लागि विरगति प्राप्त गर्नुहुने सहिद र विभिन्न क्षेत्रमा योगदान गर्नुभएका व्यक्तिहरुको सम्मानमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।

१२ औं नगरकार्यपालिका बैठकले सहिद दशरथ चन्द, भीमदत्त पन्त, जयपृथ्वी बहादुर सिंह, पहलमान सिह स्वार, द्वारीकदेवी ठकुरानी, सहिद गोबिन्द गौतम र वरिष्ठ पत्रकार राम बहादुर चन्दको नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।