अपराधि खोज्न प्रदेश ७ मा प्रहरी कुकुर शाखा कार्यालयको स्थापना

प्रकाशित मिति : बिहिबार, फाल्गुन १७, २०७४

धनगढी । प्रदेश ७ मा पहिलो पटक प्रहरी कार्यालयमा कुकुर शाखाको स्थापना गरिएको छ । संघीय इकाइ प्रहरी कार्यालय परिसरमा रहेको शाखाको एक कार्यक्रमका बीच प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले उद्घाटन गरेका छन् ।

सीमा क्षेत्रबाट अवैध रुपमा हुने लागुऔषध, हातहतियार ओसारपसार लगायत आपराधिक गतिविधि गरेर भाग्न खोज्ने अपराधीहरुलाई कुकुरको मद्दतले नियन्त्रणमा लिन सकिने एआईजी नेपालको विश्वास रहेको छ ।

प्रहरी प्रधान कार्यालयबाट हाल यहाँ जर्मन सेफर्ड दुई वटा र ल्याब्राडोर २ वटा गरी ४ वटा कुकुर ल्याइएको छ । करिब ५९ लाखको लागतमा ६ वटा कुकुर राख्न मिल्ने गरी ९ कोठे भवन समेत निर्माण गरिएको छ ।