स्थानीयले चमेलियाको मुल गेटमै थाले आमरण अनसन, कारण यस्तो छ

प्रकाशित मिति : बिहिबार, फाल्गुन १७, २०७४

लोकेन्द्र प्रशाद जोशी, दार्चुला ।

दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारीलका स्थानीयले पुर्ब सम्झौता अनुसार खानेपानीलगायतका समस्या समाधान नगरेको भन्दै चमेलिया जलविद्युत आयोजनाको मूल गेटमा आमरण अनशन शुरु गरेका छन् । खानेपानी मूल संघर्षसमिति बारीलका अध्यक्ष शंकर खडायत, सचिब सुरेन्द्र बहादुर तितरा र सल्लाहकार समिति सदस्य प्रमानन्द तितरागरी तीन जनाले बिहीबारदेखि अनसन शुरु गरेका हुन् ।

गत फागुन ११ गते प्रेस विज्ञप्ती प्रकाशित गर्दै माग पूरा नभए फागुन १७ गतेबाट मूल गेटमा अनशन शुरु गर्ने यसअघि चेतावनी दिएका थिए । तत्कालीन समयमा भएका सम्झौता पुरा गर्न खानेपानी मूल संघर्षसमिति शैल्यसिखर नगरपालीका १ बारिलले ९ बुद्धे अपिल जारी गरेपनि माग पूरा नभएपछि अनशन शुरु गरिएको उनीहरुले बताएका छन् । ११ वर्षअघि आयोजना निर्माण शुरु गर्दा सुकेका खानेपानी र सिचाईको स्थायी एवं दिर्घकालीन समस्या समाधान नगरिदिएको भन्दै आमरण अनशन शुरु भएको खानेपाली मुल संघर्ष समितिका सचिब सुरेन्द्र बहादुर तितराले बताउँनुभयो ।

संघर्षसमितिले आयोजना निमार्णको क्रममा क्षति पुगेको खानेपानीको ब्यबस्थापन, पुर्ब सहमति अनुसारको सिचाइ, सडक, बिद्यालय प्रङगण लगायतका समस्या समाधान गरीदिनुपर्ने माग राख्दै आएको छ । यस्तै संघर्षसमितिले प्रत्यक्ष रुपमा आयोजनाबाट प्रभावित शैल्यशिखर नगरपालिका र दार्चुलाको मार्मा गाउँपालिका तथा बैतडीको डिलाशैनी गाउँपालिकामा निशुल्क रुपमा विद्युत वितरण हुनुपर्ने माग गरेको छ । यसैगरी गत माघ २७ गते उद्घाटन भएर पनि जिल्लाबासीले नपाएको विद्युतलाई चालू आर्थिक वर्षभित्र सबै क्षेत्रमा विद्युतीकरणको ग्यारेन्टी गर्न माग गरेको छ ।

३० मेगावट चमेलियाबाट उत्पादन हुने विद्युतबाट दार्चुला र बैतडीलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न विद्युत प्राधिकरण सँग माग राखेको छ । समितिले आयोजनाको बाँधस्थलदेखि टेलरेसम्म चमेलियामा १० प्रतिशत पानी छोड्न आग्रह गरेको छ । पुरै चमेलियाको पानी ड्याममा राख्दा स्तनधारी जनावरको मृत्य भएको तथा उनीहरुको बाँच्ने पाउने अधिकार कुण्ठीत भएको समितिले जनाएको छ । निर्धारित समयभन्दा ढिला गरीसम्पन्न भएको आयोजनामा भएको भ्रष्टचार छानबीन गर्न तथा स्थानीयसँग आयोजनाले गरेको सम्झौता कार्यान्वयनमा समितिले जोड दिएको छ ।

संघर्षसमितिले राखेको मागप्रति आयोजना गम्भीर नदेखीएको भन्दै उहाँहरुले माग पुरा नगरेन्जेलसम्मकालागि भन्दै आमरण अनसन शुरु गरेको जनाएका छन ।

यता आयोजनाले भने स्थानियतका मागहरु पुरागर्न आयोजना तयार रहेको भन्दै अनसन स्थगित गर्न लिखित आग्रह गरीसकेको आयोजनाका सहायक उपप्रबन्ध पुष्पराज जोशीले बताउनुभयो । उपप्रबन्धक जोशीले खानेपानी समस्या समाधान गर्न तत्काल प्रकृर्या शुरु गरेर बिस्तारै सम्झौतामा उल्लेख भएका सबै समस्या समाधान गर्ने बताएका हुन । लक्ष्यभन्दा दोब्बर समय र लगानिमा निमार्ण सम्पन्न भएको आयोजनाले स्थानियका जायज मागहरुप्रति नजरअन्दाज गर्न खोजेको स्थानियको आरोप छ ।