पिसाब फेर्न बाहिर आउने क्रममा नालामा खसेर एक महिलाको मृत्यु

प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०७४

कैलाली १९ फागुन । कैलालीमा नालामा खसेर एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लम्की चुहा ६ की ६० वर्षीया जगनीदेवी चौधरी रहेकी छन् । शनिवार बिहान साढे ४ बजेतिर पिसाब फेर्न बाहिर निस्किएकी चौधरीको नयाँ बनेको सडक नालामा खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयले लम्की चुहा नगरपालिको विरोध गरेका छन् । नगरपालिकाले चाहिनेभन्दा बढी गहिरो नाला खनेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।