माटोको ढिस्कोमा पुरिएर बझाङमा २ जना महिलाको मृत्यु

प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०७४

बझाङ १९ फागुन । माटोको ढिस्कोमा पुरिएर २ महिलाको ज्यान गएको छ । घटनामा परेर २ जना घाइते भएका छन् । खप्तड छान्ना गाँउपालिका ३ नुवाकोटमा शनिबार बिहान माटो खन्ने क्रममा माथीबाट खसेको ढिस्कोले पुरिएर दुई जना महिलाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा खप्तड छान्न गाँउपालिका ३ की ३० वर्षिया रत्ना देवी पाध्याय र २८ वर्षिय सरिता देवी जोशी रहेका छन् । त्यस्तै ढिस्कोले लाग्दा घाइते हुनेहरुमा खप्तड छान्ना गाँउपालिका ३ कै सरस्वती पाध्याय र किणी पाध्याय रहेका छन् ।

उनीहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुवै जनाको जिल्ला अस्पत्तालमा उपचार भईरहेको छ । ज्यान गुमाउने दुबै महिलाका श्रीमान रोजगारीको लागि भारतमा रहेका छन् । मृतक पाध्याकी ५, ३ र २ वर्षका ३ छोरी छन्। जोशीकी २ वर्षीया छोरी रहेको स्थानीयले बताए। घर पोत्नको लागि माटो लिन ठानाकोटमा स्थानीय १०/१२ महिला गएका थिए ।