नेपाल भारत सीमा सुरक्षा समितिको बैठक सम्पन्न, के सहमति भयो ?

प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४

दार्चुला ।

नेपाल भारत सीमा सुरक्षा समुन्वय समितिको बैठक सम्पन्न भएको छ । भारतको पिथौरागढमा सम्पन्न बैठकमा भारतीय पक्षले सीमा क्षेत्रमा आइएसको गतिविधि हुन सक्ने भन्दै यसको नियन्त्रण, नक्कली मुद्राको काराबोर तथा नेपालको क्षेत्रमा सुरक्षा गस्ती थप गर्नुपर्ने लगायतका विषयमा छलफल भएको छ ।

बैठकले केन्द्रको अनुमति लिएपछि मात्रै काठेपुल र आवतजावत सञ्चालन गर्ने निस्कर्ष निष्कर्ष निकालेको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताए ।

त्यस्तै खोतिलाको पहिरो व्यवस्थापनबारे दुबै पक्षले प्राविधिक अध्ययन गर्ने सहमति भएको धामीले बताए ।

नेपाल भारतको समन्वय बैठकमा भारतले नेपाली पक्ष सामु यसअघि ९ वटा एजेण्डामा छलफल गरिने प्रस्ताव तयार गरेको थियो । नेपाली पक्षले भने बैठकमा ११ वटा विषय वस्तुमाथि छलफल गर्ने गरी एजेण्डा तयार गरेको थियो ।

मानव वेचबिखन, सीमा अपराध, अवैध वन्यजन्तुको ओसार पसार तथा चोरी निकासी, लगायतका विषयवस्तु दुवै देशको साझा एजेण्डामा अधिकारीहरुबीच छलफल भएको हो ।

नेपालतिर सीमा सशस्त्र प्रहरी बल सदरमुकाम खलंगामा मात्रै केन्द्रीत छ । दार्चुलाबासीले सीमा सशस्त्र प्रहरी वललाई तिंकरमा राख्न पटक पटक माग गरेपनि नेपाल सरकारले यसबारे निर्णय लिएको छैन ।

सीमा सशस्त्र प्रहरी तिंकरमा राखे सीमाको सुरक्षा हुने तथा अपराध नियन्त्रणमा सजिलो हुने जिल्लाबासीको बुझाई छ । बैठकमा दार्चुलाको तर्फबाट प्रमुख जिल्ला अधिकारी जनार्दन गौमतको नेतृत्वमा सुरक्षा निकाय प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।