Update: बैतडीको पंसेरामा जीप दुर्घटना, १ को मृत्यु २ गम्भिर, ड्राईभर फरार

प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४

बैतडी, २१ फागुन । बैतडीमा जीप दुर्घटना भएको छ । दार्चुलाको लटिनाथबाट गोकुलेश्वरका लागी छुटेको म १ ज २३३ नम्बर जीप बैतडीको डीलासैनी गाउँपालिका ३ रुइनेतमा दुर्घटना भएको हो ।

दुर्घटनामा सवार एक जनाको मृत्यु भएको पुष्टी भएको छ उनको परिचय खेलेको छैन् । अन्य २ जना गम्भिर घाईते भएका छन् । गम्भिर घाईते मध्ये दार्चुलाको लटिनाथका कृष्ण विष्टको मात्रै परिचय खुलेको छ ।

त्यस्तै लटिनाथकै अकवर महरा, गोमती महरा र उनीहरुकी छोरी गिता सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दिर्घ बोगटीले बताए । यसैगरि भारतीय नागरिक मेरमान सिंह र सर्वण सिंह मुडली सामान्य घाईते भएका छन् ।

जीपमा नौ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन् । चालक फरार रहेको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।